१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

दाङ प्रहरीले देवीकोटबाट अबैध सालको काठ सहित तस्करी गर्ने ४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

 ABC (क्राईमबिट) दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट अवैध साल काठ सहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नं.९ बस्ने कुल्लु मियाका छोरा बर्ष २२ का सुल्तान मिया, सोही ठाउँ निवासी लोक बहादुर बरालको छोरा बर्ष २६ का जुद्ब बहादुर बराल, लाल फुन्जा मगरका छोरा बर्ष ४४ का तिलबहादुर फुन्जा मगर, जिवलाल रोकाका छोरा बर्ष ३६ का टोपबहादुर रोका रहेका छन् ।

शनिवार दिउँसो करिव १२ बजेको राप्ती गाउँपालिका वडा नं.९ देबीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अबैध रुपमा काठ कटानी भईरहेको भन्ने बिषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायव निरिक्षक गोगन सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट २९.७६ क्यू.फिटको ११ थान चिरान साल काठ, र ७०.८९ क्यू.फिटको २ थान गोलिया काठ गरि कुल १ लाख बराबरको १००.६५ क्यू. फिट काठ बरामत गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
उक्त काठ सहित काठको बिड भएको बन्चरो २ थान, फलामको गल २ थान हाते आरा २ थान बरामत गरि डिभिजन बन कार्यालय दाङमा बुझाएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो । गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका […]

  दाङ । विजौरी बजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरिएको थियो। भने उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-१९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो । यो समयमा  अत्याधिक रुपमा डेंगु रोग लाग्ने भएकाले आ-आफ्नो पसलको वरिपरि तथा घरअगाडी […]

  सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ । यद्यपि उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् । पक्राउ पुर्जीबारे मधेश प्रदेशका डीआईजी उमा चतुर्वेदीले भने केही बताउन चाहेनन् । ‘यो अनुसन्धानकै चरणमा रहेकाले अहिले केही बोल्न मिल्दैन,’ उनले भने । यादव […]

error: Content is protected !!