१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ

Logo
प्रकाशित सोमबार, माघ ०९, २०७९

नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले दुई जना क्रिकेटरलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सीआईबी स्रोतले  जनाएको छ।

सुरुदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सीआईबीले अनुसन्धान गरिरहेको थियो।

आदिलले टी-२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। तर, मेहबुब भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन्।

आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्‍यू गरेका थिए। मेहबुब भने नेपालका चर्चित अलराउन्डर हुन्।

पछिल्लो समय राष्ट्रिय टिममा नरहेका ४१ वर्षीय मेहबुबको नाममा एकै खेलमा दश विकेट लिने कीर्तिमान छ। लिगको समयमा उनी भारतमा गएका थिए। त्यहीँबाट उनले क्रिकेटरसँग फिक्सिङका लागि सम्पर्क गरेको प्रहरीको भनाइ छ।

राष्ट्रिय टिमबाट नखेले पनि मेहबुबले भने मधेश प्रदेशको टिमबाट गत वर्षसम्म राष्ट्रिय क्रिकेट खेलेका थिए।

१९ वर्षीय आदिलले अमेरिकाविरुद्धको खेलमा डेब्यू गर्दा ११ बलमा ३१ रन हानेर सनसनी मच्चाएका थिए।

गत महिना भएको टी-२० लिग सुरुदेखि नै विवादमा परेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाडेका थिए।

यस्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलपछिको पत्रकार सम्मेलनमा आफ्नो टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए।

त्यसपछि गृह मन्त्रालयको निर्देशनमा सीआईबीले अनुसन्धान थालेको थियो। सीआईबीले लिगमा स्पट फिक्सिङ भएको र भारतीय कम्पनी सेभेन थ्रीको संलग्नता रहेको निष्कर्ष निकालेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!