२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

बारामा एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। सोमबार जिल्लाका विभिन्न स्थानबाट विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पेस गरिएको बारा प्रहरी प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए।

फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको डीएसपी थापाले बताए।

पक्राउ पर्नेहरूमा अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका बाराको कलैया उपमहानगरपालिका–१ का विजय दासदेखि बैकिङ कसुर मुद्दामा ७ लाख रुपैयाँ जरिवाना तोकिएका बाराको पचरौता नगरपालिका–२ का एजाजुल हक अंसारी, हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय तोकिएका बाराको निजगढ नगरपालिका–१ का बासु चौधरीलगायत छन्।

पक्राउ परेकामध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन्।

फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभूति दिलाउन र अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवाना भुक्तान नगरी लुकीछिपी बस्न नसक्ने हुँदा प्रहरीले फैसला कार्यावन्यनलाई अभियानको रूपमा सञ्चालन गरेको र यस्तो कारबाहीलाई अगामी दिनमा समेत निरन्तरता दिइने डीएसपी थापाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!