१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

दाङमा निशुल्क स्वास्थ्य शिविर हुदै

Logo
प्रकाशित बुधबार, माघ ११, २०७९

(तुफानबाबु श्रेष्ठ) दाङ । सामाजिक काममा निरन्तर सक्रियता जनाउँदै आएका रोटरी क्लव अफ तुलसीपुर सिटी, रोट्रयाक्ट क्लब अफ तुलसीपुर र आर.सि.सि. भिलेज काशिपुरले संयुक्त रुपमा पश्चिम दाङमा निशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएका छन् ।
माघ १४ गते शनिवार शान्तिनगर गाउँपालिका वडा नम्वर २ सिमसुन्दरपुरमा रहेको वडा भवनमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिने रोटरी क्लव अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तथा स्वास्थ्य शिविर संयोजक विजय केसीले वताउनु भयो । उहाँले निम्न वर्गका जनतालाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिने समेत जानकारी दिनुभयो ।
शिविरमा वालरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य परिक्षण गरिने छ । “ग्रामिण भेगमा रहेका नागरिकहरुले बिभिन्न कारणले रोग लुकाएर राख्ने बानि परेको हुदा हामीले ग्रामिण भेगलाई प्राथमिकतामा राखेका हौ रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसीले भन्नु भयो ।
शिविरमा विरामीको स्वास्थ्य परिक्षणसंगै उनीहरुलाई नि:शुल्क औषधि समेत वितरण गरिने अध्यक्ष केसिले जानकारी दिनुभयो ।”
शिविर विहान १० बजे जेदेखि ३ वजेसम्म सन्चालन हुनेछ । साथै शिबिरमा प्राविधिक सहयोग तुलसीपुर सिटी हस्पिटल प्रा.लि., चिनारी हस्पिटल प्रा.लि. र बि.आर. डेन्टल हस्पिटल प्रा.लि.को रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

दाङ । लसीपुर ७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर हिजो आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा […]

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

error: Content is protected !!