१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

बाँकेको साईगाउँबाट खसी-बाख्रा तस्करी,प्रहरी बेखबर नेपाली किसानले खसीको बजार उचित मूल्य पाउँदैनन्

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ ११, २०८३

बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् ।

खुला सीमा नाका थोरै,बाटो धेरै बाटो छोडेर खोला/खेत/जंगलको बाटोबाट सजिलै पठाइन्छ। २४ औ घण्टा सबै बाटोमा प्रहरी खटाउन सम्भव हुँदैन।

भारतमा नेपाली खसी-बाख्राको माग र मूल्य बढी छ। १ वटा बाख्रामा ३-४ हजार फरक पर्छ। त्यसैले तस्करलाई फाइदा धेरै, जोखिम कम लाग्छ ।

कहिलेकाहीँ सुरक्षाकर्मीमाथि नै मिलेमतोको आरोप लाग्ने गर्छ। सबै प्रहरी बेखबर हुँदैनन् होला, तर सूचना नपुग्नु, प्रमाण नपुग्नु, वा राजनीतिक दबाबले कारबाही रोकिन सक्छ । नेपाली किसानले आफ्नो खसी-बाख्रा बजारमा उचित मूल्य पाउँदैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नं. गंगदीस्थित सालभौरी गाउँ आसपास केही दिनदेखि जंगली भाले हात्ती गाउँमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। साँझ पर्ने बित्तिकै हात्ती गाउँ पस्ने गरेको स्थानीयले बताएका छन्। हात्ती अहिले राजमार्ग हाईवेमा समेत देखा पर्न थालेको सवारी चालकहरुले बताएका छन्। यसैबीच डिभिजन वन कार्यालय दाङ देउखुरीले स्थानीय […]

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]