०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्ने डिआइजी : टेक राई

Logo
प्रकाशित बिहिबार, माघ १२, २०७९

 (सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरमा प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी टेक प्रसाद राई भर्खरै सरुवा भएर आउनु भएको छ । दाङको तुल्सीपुरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी राईले प्रहरीको आचरण र व्यबहार नागरिक भन्दा उदाहरणीय हुनुपर्छ भन्ने कुरामा जोड दिए ।
आफू विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती लसुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्ने डिआइजी राईले जानकारी दिनुभयो ।
धेरै जिल्लाहरुमा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
धेरै जिल्लामा आफू बसिसकेको हुँदा त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरि प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो । अपराध नियन्त्रण गर्ने प्रमुख निकाय प्रहरी प्रशासन भएपनि त्यसका लागि सबैको सकारात्मक भूमिका हुनुपर्ने उनले बताए । समयमै प्राप्त हुने सुचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने भन्दै प्रहरीलाई सुचना दिएर सघाउन डिआईजी राईले आग्रह गरे ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा निःशुल्क निवेदन लेख्ने प्रहरी प्रमुखहरुलाई व्यवस्था गर्न निर्देशन दिएका छन् । साथै उनले बुधबार पत्रकार भेटघाट कार्यक्रममा रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको घटनाबारे लुम्बिनी प्रदेश प्रहरीले थप अनुसन्धान गरि कानुनी कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । यस्तै डिआईजी राईले १२ वटै जिल्लामा लुम्बिनी प्रदेशको विशेष प्रहरी टोली परिचालन गरेर जिल्लामा हुने सम्पूर्ण अपराधीक गतिविधिको घटना खुला सिमामा भन्सार छली चोरी तस्करी नियन्त्रणमा उल्लेख्य काम प्रहरी टोली खटाएको छ काम नगर्ने प्रहरी कर्मचारीलाई केही दिनमै ठाँउको ठाँउ कार्वाही गर्ने समेत बताए । लुम्बिनी प्रदेश आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले त्यहा डिआइजी राईलाई बिभागले उत्कृष्ट कार्य सम्पादनका आधारमा जिम्मेवारि दिइएको प्रहरी स्रोतले बताउँछ्न छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]