२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

जमुनाहमा बालमैत्री परामर्श केन्द्र भवनको समुद्‌घाटन कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९


(महेन्द्र सिंह)
बाँके । शक्ति समूह नेपालगंजको समन्वय र सहकार्य तथा ओ.यु.आर. (Operation Underground Railroad) को आर्थिक सहयोगमा असुरक्षित रुपमा सीमापार भई बेचबिखनको जोखिममा पर्नसक्ने बालबालिकाहरुलाई परामर्श दिने हेतुले इलाका प्रहरी कार्यालय जमुनाह बाँकेमा निर्माण गरिएको बालमैत्री परामर्श केन्द्रको भवन र कानूनी विवादमा परेका बालबालिकाहरुका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा निर्मित बाल निगरानी कक्षको माघ १३ गते एक कार्याक्रमका बिच हस्तान्तरण गरिएको छ ।
उक्त आयोजित कार्यक्रम शक्ति समूहकी सस्थापक चरिमाया तामाङ्को अध्यक्षतामा संचालन गरिएको थियो भने प्रमुख अतिथिको रुपमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बिशिष्ट अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर लगातय जिल्ला सराकरी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता प्रकाश भण्डारी, ओ.यु.आर. का प्रतिनिधिहरु, स्थानीय निकायका जनप्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, संचारकर्मी, समाजिक संघ संस्थाका प्रतिनिधिहरु र स्थानीय भद्र भलाद्‌मीहरुको उपस्थिति रहेको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ सइ पुर्ण बिकले जानकारी दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत जिगडवास्थित एक मतदान केन्द्रमा उम्मेदवार किरण साह र महतावा आलामबीच भएको विवादका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दुवै पक्षबीच भनाभन भएपछि मतदान केन्द्रको वातावरण असहज बनेको थियो। सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको छ। घटनापछि केही समय मतदान प्रक्रिया प्रभावित भए […]

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए। संवाद जस्ताको त्यस्तै : प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि […]

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

error: Content is protected !!