१६ कार्तिक २०८३, सोमबार
02-11-2026 , Mon
×

मतदान केन्द्रमै भनाभन एकजना बस्नै पर्छ”भन्दै प्रहरीको अडान,निर्वाचन अधिकृतसँग भनाभन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए।

संवाद जस्ताको त्यस्तै :

प्रहरी ?‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि जान खोज्नु हुन्छ?

निर्वाचन अधिकृत ?️: अहिले कुरा गर्ने होइन।

प्रहरी ?‍♂️: पहिले कुरा गर्नुस् त सुन्नुहोस्। १२ जना कर्मचारी छन् — तपाईंका ६ जना, अर्का ६ जना। एकजना पनि बस्न सक्दैन?

निर्वाचन अधिकृत ?️: बस्दैन, आवश्यक परेपछि राख्छु, बोलाउँछु।

प्रहरी ?‍♂️: अहिले यहाँ इन्स्पेक्टर साबको मोबाइल गाडी हिँडिरहेको छ, उहाँ आयो भने म के जवाफ दिने?

निर्वाचन अधिकृत ?️: अनि भन्नुहोस् सर यहाँ जानु भएको छ अहिले भनेर।

प्रहरी ?‍♂️: तपाईंले यहाँ राखेर जानु पर्यो नि एकजना।

निर्वाचन अधिकृत ?️: त्यो त मेरो गल्ती हुन्छ नि त, उहाँको मोबाइल नाम एआर छ, अहिले त्यहाँ उहाँ गर्नु।

प्रहरी ?‍♂️: यहाँ सरसँग कुरा गर्नुहोस्, कानुनभन्दा माथि तपाईं बन्न खोज्नु भएको रहेछ।

निर्वाचन अधिकृत ?️: सामानको जिम्मा नलिने भए पछि त म आफ्नो सामानको बोल्न नदिएर प्रहरीले आफ्नो व्यवहार मिलाउनु पर्छ नि त। म त्यस्तो व्यवहार गर्दिनँ।

प्रहरी ?‍♂️: तपाईं बाजे भए त कुनै माया छैन तपाईंको।

निर्वाचन अधिकृत ?️: मेरो मिलोस् नमिलोस् त्यससँग मतलब नराख्नुहोस्। मतदान यहाँ सम्पन्न गर्नु छ, त्यसको लागि टेन्सन नलिनुस्, यति मैले भन्छु।

प्रहरी ?‍♂️: तपाईं आफ्नो हिसाबले चल्छु भनेर आउनु भएको?

निर्वाचन अधिकृत ?️: हो, म आफ्नो हिसाबले चल्छु। मेरो मतदान सम्पन्न गर्नु छ, यसमा टेन्सन नगराउनुस्।

प्रहरी ?‍♂️: अनि एक्लैले गर्नु हुन्छ त?

निर्वाचन अधिकृत ?️: एकदम एक्लै गर्छु।

प्रहरी ?‍♂️: सुन्नुहोस्, तपाईंको यहाँ कति जना कर्मचारी छन्?

निर्वाचन अधिकृत ?️: मैले भने नि, एकजनालाई कामको बेला आवश्यकता पर्छ।

प्रहरी ?‍♂️: तपाईंको कति जना कर्मचारी छन् यहाँ?

निर्वाचन अधिकृत ?️: यहाँ केलाई चाहियो? म एकजना भए भयो नि।

प्रहरी ?‍♂️: खाटाको कति जना छन्? भन्नुस्।

निर्वाचन अधिकृत ?️: ५ जना।

प्रहरी ?‍♂️: ५ जना अर्को तिर ५ जना होला, १० जना भयो। कम्तीमा १० जनामा यहाँ कति जना बस्नु भएको छ तपाईं भन्नुस्।

निर्वाचन अधिकृत ?️: १० जना अर्को बुथको लागि हो। उहाँको के अवस्था हो, उहाँ घर जानु नहुने।

प्रहरी ?‍♂️: मैले व्यवहार बुझेर आफ्नो रिस्कमा छोडिदिएँ तर यहाँ त एकजना बस्नु पर्यो नि। सुन्नुहोस्, माथि पनि कमाण्डर छ, थाहा होला तपाईंलाई?

निर्वाचन अधिकृत ?️: छ सर, आउँदै हुनुहुन्छ। यहाँ चोकमा जानु भएको छ। तपाईं ५ मिनेट बस्नुहोस्, २ मिनेटमा फोन गरेपछि म यहाँ हुन्छु।

प्रहरी ?‍♂️: थाहा छ कि छैन? सेक्युरिटीलाई अहिले त्यहाँ बस्ने फुर्सद छैन, घुमेको घुमेकै गर्नु पर्छ। अनि यहाँ ५ मिनेट आएर बस्ने फुर्सद हुन्छ त? माथिबाट तपाईंले हेर्नु भयो भने के जवाफ दिने?

निर्वाचन अधिकृत ?️: फुर्सद छैन भने उहाँहरू सर यहाँ खाना खान जानु भएको छ भनेर भन्नुहोस्, यति भन्नुहोस्।

प्रहरी ?‍♂️: झुट बोल्ने? तपाईंको कर्मचारी एकजना पनि हुनुहुन्न।

निर्वाचन अधिकृत ?️: म चन्द्रनिगाहापुर जाँदै छु अहिले।

प्रहरी ?‍♂️: के ग्यारेन्टी छ? तपाईं उता जानुभयो भने बाइकबाट लड्नु हुन्न? होलीको माहोल छ ?। तपाईं राम्रैसँग चलाएर पनि अरुले ठोक्देला।

निर्वाचन अधिकृत ?️: ठोक्देला भने त्यसको जिम्मेवारी मलाई छ नि।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले मातहतका ट्राफिक प्रहरीलाई आर्थिक अनुशासनमा कुनै सम्झौता नगर्न कडा निर्देशन दिनुभएको छ। आज आइतबार आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो – > “राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ। पैसा कमाउन मन लागे जागिर छोड्नुस्। तपाईंको व्यक्तिगत स्वार्थले संगठन […]

  अर्घाखाँची । सितगङ्गा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष *श्री भिम के.सी.* ज्यूले सम्पूर्ण वडाबासी तथा देश-विदेशमा रहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सन्ध्याकालीन अभिवादन व्यक्त गर्नुभएको छ। “यहाँहरूको साँझ सुखमय रहोस्, दिनभरको थकान मेटिँदै जाओस्। हाम्रो सितगङ्गा-९ को विकास र समृद्धिका लागि तपाईंहरूको साथ र सुझाव सधैं रहनेछ।” *भिम के.सी., वडा अध्यक्ष, […]

  दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ७८ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लागुऔषध सम्बन्धी मुद्दामा फरार रहेका ती व्यक्तिलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दा उक्त परिमाणको ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान […]