११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

पूर्व-नगर प्रहरीसहित दुई पक्राउ

Logo
प्रकाशित शनिबार, माघ १४, २०७९

सुरक्षा निकायको नक्कली कागजात बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

पक्राउ पर्नेमा पूर्व नगर प्रहरी ललितपुरकी २७ वर्षीया मनिषा परियार र सामाखुसीमा स्टेशनरी सञ्चालन गर्दै आएकी चितवनकी ४४ वर्षीया भवानी घिमिरे छन्।

कार्यालयको टोलीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको हो।

यस्तै उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।

एसपी कोइरालाका अनुसार नक्कली कागजात बनाउन मनिषाले पैसा लिने गर्थिन् भने भवानीले नक्कली कागजात बनाउने काम गर्थिन्।

महानगर बलमा नगर प्रहरी संख्या कम भएपछि भदौ ८ गते टेन्डर आह्वान गरेको थियो। टेन्डर आह्वान गर्दा युनिक सेक्युरिटीले एक वर्षका लागि करारमा १६२ जना नगर प्रहरी खटाउने सम्झौतामा थियो।

ती नगर प्रहरीलाई मासिक २० हजार ५३२ रुपैयाँ दिने गरी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा एक वर्षका लागि सम्झौता भएको थियो।

निजी सेक्युरिटी कम्पनीहरू मार्फत नगर प्रहरीमा भर्ना हुँदा पूर्वसेना, पूर्वसशस्त्र प्रहरी, पूर्व-प्रहरी, प्रहरीका तालिम लिएको हुनुपर्ने मापदण्ड थियो।

महानगरले तोकेको न्यूनतम मापदण्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, भारतीय सेनालगायतमा कम्तीमा पनि पाँच वर्षको कार्य अनुभव हुनुपर्ने थियो।

सोही अनुभव देखाउन उनीहरूले कीर्ते गर्ने गरेको पाइएको प्रहरी स्रोत बताउँछ।

यसरी पूर्व सेना, पूर्व प्रहरी लगायतका अनुभव देखाउन नक्कली कागजात बनाएर नगर प्रहरीमा भर्ना लिइरहेको भन्ने सूचना प्रहरीलाई आएको थियो।

प्रहरी स्रोतका अनुसार मनिषा परियार पूर्व नगर प्रहरी हुन्। उनले पनि पहिले नक्कली कागजात बनाएर नगर प्रहरीमा भर्ना लिएको स्रोत बताउँछ !

महानगर आफैंले पनि अनुसन्धान गरिरहेको भन्ने सूचना थियो। कसरी बनाउने रहेछन् भनेर हामीले अनुसन्धान गर्दै जाँदा बनाइदिने व्यक्तिको पहिचान गर्‍यौं,’ उनले भने।

उनीहरूले नक्कली कागजात कसरी बनाउछन् भन्ने बुझ्न प्रहरीले पनि दुई जनाको अवकाश पाइसकेको भनेर कागजात बनाउन लगाएको थियो। उनीहरूले उक्त कीर्ते गरी कागजात बनाएर पठाएपछि प्रहरीले मनिषालाई कोटेश्वरबाट पक्राउ गरेको हो। यस्तै भवनीलाई उनकै स्टेशनरीबाट पक्राउ गरेको हो।

मनिषा आफैंले पनि नक्कली कागजात पेश गरेर नगर प्रहरीमा जागिर खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोत बताउँछ।

‘अहिले पनि महानगर प्रहरीमा मनिषाले नै बनाइदिएको नक्कली कागजातको भरमा केहीले जागिर खाइरहेको भन्ने छ’, स्रोतले भन्यो।

महानगर बलमा नगर प्रहरी संख्या कम भएपछि महानगरले सेवा करारमा नगर प्रहरी राखेको थियो। युनिक सेक्युरिटी कम्पनीसँग सम्झौता गरेर महानगरले नगर प्रहरी कर्मचारी राखेको थियो।

जुन कम्पनीसँग महानगरले सम्झौता गरेको थियो सोही कम्पनीले नक्कलीलाई पनि योग्य हो भनी ठहर गरी सिफारिस गरेको स्रोत बताउँछ।

तर काठमाडौं महानगरका प्रशासकीय अधिकृत वसन्त अधिकारी युनिक सेक्युरिटिले  मापदण्ड फलो नगरेका कारण केही मानिसहरूलाई कामबाट हटाइएको बताउँछन्।

त्यतिबेला महानगरले १६२ जना सेवा करारमा नगर प्रहरी भर्ती युनिक सेक्युरिटिसँग गरेको थियो। सोहीमध्ये ४०-५० जना महानगरले माग गरेको मापदण्डभित्र नपरेको बताउँछन्।

महानगरसँग सम्झौता गरेअनुरूप काम नगरेपछि कम्पनीलाई अहिलेसम्म भुक्तानी समेत नदिइएको अधिकारी बताउँछन्।

‘हामीले व्यक्तिसँग सम्झौता गरेका होइनौ,’ उनले भने, ‘हामीले कम्पनीसँग सम्झौता गरेका हौं। हामीले दिएको मापदण्ड फलो नगरेको पाइएपछि हामीले ती मानिसहरू लिएका थिएनौं।’

सम्झौता अनुरूप काम भएन भने सार्वजनिक खरिद ऐन अनुरूप कारबाहीको प्रकृया अगाडि बढाइने उनी बताउँछन्।

प्रहरीले सात वटा नक्कली कागजात, एक ल्यापटपसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यस्तै लिखत सम्बन्धि मुद्दामा पाँच दिन म्याद थप गरी टेकु परिसरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!