१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

प्रहरीले सिरहाबाट लागूऔषध र ४ वटा मोटरसाइकलसहित ९ जनालाई पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९

ABC (क्राईमबिट) सिरहा । नवराजपुर गाउँपालिका २ मझौराबाट लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ओम प्रकाश यादवको घरमा छापा मारेर ईलाका प्रहरी कार्यालय झाँझपट्टीको प्रहरी टोलीले ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका, २२ वर्षीय अमित कुमार यादव, २५ वर्षीय देवराम कुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदन कुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान नगरपालिका ५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका १ का १९ वर्षीय कृष्णा पासमान, सप्तरीको शम्भूनाथ नगरपालिका १२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भूनाथ नगरपालिकाका २२ वर्षीय सुरेश कुमार पासमान रहेका छन् । उनीहरुको साथबाट लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाईल ८ थान, मोटरसाईकल ४ थान र नगद ४ हजार ८८५ रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!