१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

काठमाडौं संसद भवनमा मर्यादापालकले महिला फोटो पत्रकारलाई दुर्व्यवहार गरे

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

 (ABC-Sanchar) काठमाडौँ । संसदीय मामिला पत्रकार समाजले संसदीय रिपोर्टिङका क्रममा पत्रकारहरूलाई मर्यादापालकले गर्ने व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार फोटो पत्रकार वर्षा शाहलाई मर्यादापालकले दुर्व्यवहार गरेको भन्दै समाजले त्यसप्रति खेद प्रकट गरेको छ।

‘मिति २०७९ माघ १२ गते बुधबार फोटो पत्रकारहरूलाई फोटो खिच्न र आउने–जाने क्रममा फोटो पत्रकार वर्षा शाहलगायतलाई मर्यादापालकले गरेको व्यवहार र घटनाप्रति यस समाजको गम्भीर ध्यानाकर्षण भएको छ,’ समाजले भनेको छ,’ यस्ता घटना दोहोरिन नदिन सम्माननीय सभामुख, माननीय उपसभामुखसहित संघीय सचिवालयको ध्यानाकर्षण गराउन चाहन्छौँ।’

संसदमा नियमित रिपोर्टिङ गर्ने संसदीय मामिलाका पत्रकारलाई बेलाबेलामा यो वा त्यो बहानामा दुःख दिने गरिएको समाजको भनाइ छ।

फोटो पत्रकार शाहले मर्यादापालकले आफूलाई बाथरुम प्रयोग गर्न नदिएको बताइन्। ‘संसद्‌मा रिपोर्टिङ गर्न आउने पत्रकारले बाथरुम प्रयोग गर्न कहाँ जाने ?’ उनले भनिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!