३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

नागरिकको शान्ति सुरक्षा दाङ प्रहरीको अभूतपूर्व सफलता एसपी वीरबहादुर वली

Logo
प्रकाशित शनिबार, माघ २१, २०७९

 (सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरमा नयाँ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई आए पछीको १२ जिल्लाका प्रहरी प्रमुख हरुलाई निर्देशन पछी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले प्रहरीले दिने सेवा निशुल्क हुनुपर्छ कसैले सेवा ग्राहीहरुसंग पैसा लिन्छ या दुव्र्यवहार गर्छ भने त्यो प्रहरी कर्मचारीले कुनैपनि गल्ती गर्छ भने ठाँउको ठाँउ कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै । साथै अत्यन्तै न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई बढ्दो सवारी साधनहरुकाे चाँपले गर्दा त्यसको व्यवस्थापन गर्न दाङ प्रहरीले निरंतरता काम अघि बढेको बताए । दाङ जिल्लामा दैनिक रूपमा गुणात्मक तरिकाले बढिरहेका सवारी साधनहरुलाई अंकगणितका हिसाबले भर्ना गरिने ट्राफिक प्रहरी कर्मचारीहरुबाट उचित ध्यान दिन हम्मेहम्मे परिरहेको यथार्थ झल्काए ।आवश्यक ट्राफिक प्रहरी कर्मचारीहरुको अभावको कारण नै सवारी साधनहरुको दुर्घटना न्यूनीकरणमा आशा गरिएको जति उपलब्धि हुन नसकेकोमा दाङ एसपी वलीले दुखेसो गरे । जेजस्तो अवस्थाबाट गुज्रिएर भएपनि ट्राफिक लगायत नेपाल प्रहरीले अहोरात्र खटेर देश तथा नागरिकको सेवा सुरक्षाको प्रत्याभूति दिन सकेकोमा नेपाल प्रहरी सङ्गठनका हिसाबले खुशी व्यक्त गरे । नेपाल प्रहरी अाम नागरिकको सेवा सुरक्षार्थ तैनाथ एउटा छुट्टै गौरव र गाथा बोकेको संगठन भएकाले समाजका सबै तह तप्का वर्गका आम नागरिकहरुको साथ सहयोग प्राप्त भएमा मात्र लक्ष्य प्राप्ति गर्न सकिने औंल्याए नागरिकको शान्ति सुरक्षा, दाङ प्रहरीको अभूतपूर्व सफलता रहेको । पत्रकार सागर थापा संगको कुराकानीमा दाङका प्रहरी प्रमुख एसपी वलीले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!