११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

गुरुकुल घोराही एकेडेमीको ८ औं बार्षिकोत्सव धुमधाम सम्पन्न

Logo
प्रकाशित सोमबार, माघ २३, २०७९

 (ABC-Sanchar) दाङ । घोराही रतनपुरमा रहेको गुरुकुल एकेडेमीले ८ औं बार्षिक उत्साव मनाएको छ । बार्षिक उत्सावका अवसरमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बर्तमान परिवेसमा विद्यार्थीलाई संस्कार र संस्कृतिसहितको गुणस्तरीय शिक्षा प्रदान गरेर जिल्लामा शिक्षा,संस्कार र संस्कृतिको त्रिवेणीका रुपमा गुरुकुल एकेडमी बिकास भएको बताएका थिए ।

विद्यार्थीले विद्यालयसंगै परिवार र समाजबाट ज्ञान सिक्ने भएकाले आफ्नो बच्चाको सुन्दर भबिस्यसंगै असल नागरिक बनाउनका लागि सबैले ध्यानदिनुपर्ने बताएका थिए । अहिलेको आवश्यक भनेकै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिने भएकाले गुरुकुलले सर्वसुलभव रुपमा प्रविधिसहितको गुणस्तरीय शिक्षाका लागि ध्यानदिनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानले विद्यालयले संस्कार र सस्कृतिसहितको गुणस्तरीय शिक्षा जिल्लामै विद्यार्थीहरुलाई दिन ध्यानदिनुपर्ने बताए । विद्यालयले स्थापना भएको छोटो समयमै राम्रो प्रगति गरेको भन्दै विद्यार्थीहरुका लागि जिल्लामै गुणस्तरीय शिक्षा दिन भूमिका खेलेको बताएका थिए ।

गुरुकुल एकेडेमी संचालक समितिका अध्यक्ष अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निर्देशक अरुण रौनियार, विद्यालय संञ्चालक समितिका रामचन्द्र कडेल, महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवं शिक्षाप्रेमी नारायणसिंह गुरुङ, विद्यालयका प्लस टु संयोजक निमानन्द गैरे, नेपाल सरकारका पूर्व सहपसचिव बिष्णुकुमार देवकोटा, अभिभावक तथा प्रशिक्षक प्रतीक्षा गौतम, विद्यार्थी संम्भव योगी, विद्यार्थी आरु शाक्यलगायतले शुभकामना मन्तव्य तथा रचना बाचन गरेका थिए ।

विद्यालयले बार्षिक उत्सवका अवसरमा शिक्षा,सामाजिक क्षेत्र, मानवसेवासँगै संचारका क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मानित समेत गरेको थियो । जसअन्तरर्गत महेन्द्र बहुमुखी क्याम्पसका पूर्व प्रमुख नारायण सिंह गुरुङ, महिला सामुदायिक सेवा केन्द्रका सस्थापक अध्यक्ष बिमला योगी, मानव सेवा घरकी सुस्मिता चौलागाई, पूर्व सहसचिव बिष्णुकुमार देवकोटा,नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्यलाई सम्मान गरेको थियो । कार्यक्रम नृत्य,गीत,नाटक,परेटलगायत विभिन्न विज्ञान प्रर्दशनी समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उत्कृष्ठ शिक्षकका रुपमा विद्यालयका शिक्षक महेन्द्र पौडेल,विवेक शर्मा, डिल्लीराज शर्मा र इन्द्रप्रसाद पोख्रेल सम्मानित भएका थिए । विद्यालयका सहायक प्राचार्य मुकुन्द गिरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा कृष्णराज डिसीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थीहरु सिर्जन गैरे, प्रतिक्षा केसी, दिनेश केसी र रोशन शर्माले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!