०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

पुरानो पार्टीप्रति अब जनताको बिश्वास छैन जनमत पार्टीका अध्यक्ष सीके राउत

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

(ABC-Sanchar) काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिले आफ्नो पार्टी जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीभन्दा ठूलो दल बनेको बताएका छन्।

वीरगञ्जमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा पाएको समानुपातिक मतको आधारमा जसपा र लोसपाभन्दा ठूलो दल बनेको बताएका हुन्।

मधेस प्रदेश र लुम्बिनी प्रदेशमा समानुपातिक मतको आधारमा जसपा र लोसपाभन्दा जनमत पार्टी ठूलो बनिसकेको राउतको भनाइ थियो।

उनले भने, ‘जनमत पार्टीको समानुपातिक मत हेर्नुहुन्छ भने मधेस प्रदेशमा जसपाभन्दा पनि ठूलो पार्टी छ,’ उनले भने, ‘लोसपाभन्दा पनि ठूलो पार्टी जनमत पार्टी हो। यति वाधा व्यवधानको बाबजुत पनि राष्ट्रिय पार्टी पनि बन्न सफल भयौँ।’

चुनाव लड्न सक्ने उम्मेदवारसित खर्च गर्ने पैसासमेत नभएको अवस्थामा चुनाव लडेर आफ्नो पार्टी राष्ट्रिय पार्टीसमेत बन्न सफल भएको उनले बताए।

राउतले सप्तरी जिल्लामा मात्रै समानुपातिकतर्फ ८६ हजार मत ल्याएको बताए। पर्सा जिल्लामा एमालेभन्दा २० हजार मतले मात्रै पछि रहेको बताउँदै एमालेभन्दा ठूलो पार्टी बन्ने क्षमता जनमत पार्टीको पर्सा जिल्लामा रहेको उनले बताए।

ठूला पार्टी चुनावमा जान डराएको भन्दै उनीहरूले गठबन्धन गरेर चुनाव लडेको भए पनि आफ्नो पार्टी एक्लै चुनावमा भाग लिएर राष्ट्रिय पार्टी बनेको राउतले बताए।

अरु पार्टीको सम्भावना देशमा सकिएको भन्दै राउतले पुराना पार्टी पुरानो गाडीजस्तो भइसकेको टिप्पणी गरे। पुराना पार्टी पुरानो गाडीजस्तो भइसकेपछि नयाँ गाडी चढ्नुपर्ने आवश्यकता आउने भएकाले अहिले जनताले नयाँ पार्टीको रूपमा जनमत पार्टीप्रति आकर्षित बनेको राउतले बताए।

पुराना पार्टीहरूलाई हेर्दाहेर्दै जनता थाकिसकेकोले आफ्नो पार्टी वैकल्पिक शक्ति बन्नेतर्फ अघि बढेको उनको भनाइ थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!