१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

काठमाडौं विमानस्थलबाट भारतीय २ लाख २० हजार नोटसहित ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९

ABC (क्राईमबिट) काठमाडौँ । नेपालमा प्रतिबन्धित ५ सय दरको भारतीय रुपैयाँसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४३ वर्षीय बसारूद्दीन कामरूद्दीन अन्सारी र सुनसरी इनरुवा नगरपालिका–३ ठेगाना भएका २९ वर्षीय मधुकर सेठ साह छन् । उनीहरूको साथबाट प्रहरीले
५ सय दरको २ लाख २० हजार रकम बरामद गरेको छ ।

विमानस्थलबाट मङ्गलवार दिउँसो प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको ४ सय ५६ थान सहित अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुकलाई पनि प्रहरीले पक्राउ गरेको छ । वाङचुकको साथबाट २ लाख २८ हजार बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । काठमाडौँबाट दिल्ली जान लागेका अमेरिकी नागरिक अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागी राजश्व अनुसन्धान विभागमा पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!