०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

IGP सिंह र इन्टरपोलका महासचिवबीच भेटवार्ता

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

ABC (क्राईमबिट)                                                अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को २४औं एशियाली क्षेत्रीय सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा रहेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र इन्टरपोलका महासचिव जुर्गन स्टकबीच बिहीबार भेटवार्ता भएको छ। भेटमा अन्तर्राष्ट्रिय अपराध, त्यसको अनुसन्धान र नियन्त्रण विषयमा कुराकानी भएको छ।

भेटबारे सामाजिक सञ्जाल ट्विटरमा लेख्दै इन्टरपोल महासचिव स्टकले खुशी व्यक्त गरेका छन्। महासचिव स्टकसँग प्रहरी महानिरीक्षक सिंहसँगै चीन, फिलिपिन्स र उज्वेकिस्तानका प्रतिमण्डलले भेटवर्ता गरेका हुन्।

महासचिव स्टकले ट्विटरमा लेखेका छन्, ‘हाम्रा क्षेत्रीय सम्मेलनहरूको मुख्य विशेषता भनेको सदस्य राष्ट्रहरूसँग आमनेसामने भएर उनीहरूको राष्ट्रिय अपराध चुनौतीहरूको बारेमा सुन्नु हो। चीन, नेपाल, फिलिपिन्स र उज्वेकिस्तानका प्रतिनिधिमण्डलहरूसँग कुरा गर्न पाउँदा खुशी लाग्यो।’

प्रहरी महानिरीक्षक सिंह अबुधाबीमा माघ २४ देखि सञ्चालन भइरहेको २४औं एशियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन माघ २३ गते त्यसतर्फ गएका थिए। सम्मेलन आज सकिँदैछ।

राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत आबुधबाीमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य […]

काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो। प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार सबै कार्यालयमा परिपत्र पुगेको छ। ‘आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको हो,’ […]

error: Content is protected !!