२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

IGP सिंह र इन्टरपोलका महासचिवबीच भेटवार्ता

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

ABC (क्राईमबिट)                                                अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को २४औं एशियाली क्षेत्रीय सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा रहेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र इन्टरपोलका महासचिव जुर्गन स्टकबीच बिहीबार भेटवार्ता भएको छ। भेटमा अन्तर्राष्ट्रिय अपराध, त्यसको अनुसन्धान र नियन्त्रण विषयमा कुराकानी भएको छ।

भेटबारे सामाजिक सञ्जाल ट्विटरमा लेख्दै इन्टरपोल महासचिव स्टकले खुशी व्यक्त गरेका छन्। महासचिव स्टकसँग प्रहरी महानिरीक्षक सिंहसँगै चीन, फिलिपिन्स र उज्वेकिस्तानका प्रतिमण्डलले भेटवर्ता गरेका हुन्।

महासचिव स्टकले ट्विटरमा लेखेका छन्, ‘हाम्रा क्षेत्रीय सम्मेलनहरूको मुख्य विशेषता भनेको सदस्य राष्ट्रहरूसँग आमनेसामने भएर उनीहरूको राष्ट्रिय अपराध चुनौतीहरूको बारेमा सुन्नु हो। चीन, नेपाल, फिलिपिन्स र उज्वेकिस्तानका प्रतिनिधिमण्डलहरूसँग कुरा गर्न पाउँदा खुशी लाग्यो।’

प्रहरी महानिरीक्षक सिंह अबुधाबीमा माघ २४ देखि सञ्चालन भइरहेको २४औं एशियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन माघ २३ गते त्यसतर्फ गएका थिए। सम्मेलन आज सकिँदैछ।

राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत आबुधबाीमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]