२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

 अन्तरदेशीय अवैध लागुऔषध चरेश कारोबारीमा थाइ नागरिक पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०२, २०७९

ABC (क्राईमबिट)                                               अन्तरदेशीय अवैध लागुऔषध चरेश कारोबारीमा थाइ नागरिक पनि संलग्न भएको पाइएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका अनुसार चरेश नेपालबाट थाइल्यान्ड लैजान खोज्ने उनीहरूको प्रयास भने असफल भएको छ ।जाँच गर्दा उनीहरूबाट झण्डै २४ किलो चरेश फेला परेको ब्यूरोका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । यसरी चरेश लैजान खोज्ने थाइ नागरिक येवालुक ज्वाब्स्री, परिचार्ट पम्परुक, न्याटपोल ट्रीचैया र न्याट्नरी ट्रीचैयालाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार उनीहरू थाइलाइन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्डको बैंकक जान लागेका थिए । सूक्ष्म निगरानीमा निस्किएको प्रहरीले उनीहरूको गतिविधि शंकास्पद देखेपछि लगेज जाँच गर्दा फल्स बटम बनाई लागुऔषध ओसारपसार गर्न लागिएको फेला परेको पनि रञ्जितकारले बताए ।

उनीहरूले फल्स बटम बनाएर लुकाई लैजान लागेको अवस्थामा २३  दशमलव आठ किलोग्राम चरेश बरामद गरिएको छ । उनीहरूले कोसँग कसरी चरेश खरिद गरेका थिए भन्ने कुरा खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको उनले बताए । यसैबीच प्रहरीले विशेष सूचनाका आधारमा निरन्तर निगरानी पश्चात नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनलगायत केही नेपालीलाई पक्राउ गरेको उनले बताए ।

ठूलो परिमाणको नियन्त्रित लागुऔषध नाइट्राभेट ट्याब्लेट तथा अन्य लागुऔषध २० हजार एम्पुल तथा नगद रु चार लाख १७ हजारसहित चार जनालाई पक्राउ गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट प्राप्त सूचनालाई विश्लेषण गरी निरन्तर निगरानीपछि उनीहरूलाई पक्रन ब्यूरो सफल भएको बताइएको छ ।

पक्राउ परेका सोलुखुम्बुका लाक्पा शेर्पाबाट लागुऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन गरी २० हजार ३०० एम्पुल, नाइट्राभेट १२ हजार ९५० ट्याब्लेट र रु ४, लाख ५ हजार नगद बरामद गरिएको छ । शेर्पा विसं २०७० असारमा हातहतियार मुद्दामा पक्राउ परी तीन वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।

सुन्धारास्थित सडक किनारबाट शेर्पालाई बिक्री गरेको लागुऔषधवापतको रकम लिन भारत मधुवनीबाट काठमाडौँ आएका ३८ वर्षका फैज अहमदल र धनुषाका २९ वर्षीय रिहासद भन्ने अयान रेजालाई पक्राउ गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए। संवाद जस्ताको त्यस्तै : प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि […]

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

error: Content is protected !!