२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लागुऔषधसहित एक जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०३, २०७९

ABC (क्राईमबिट)                                                    जुम्ला प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका-७ सडक खण्डबाट गोप्य सूचनाको आधारमा एक जनालाई पक्राउ गरिएको हो । चन्दननाथ-९ उमखोला वस्ने वर्ष १९ को कवीन्द्र रावललाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए । उनका अनुसार  रावल क १ ज ४८ नं. सुजुकी कम्पनीको खैरो रङ्गको ईइसियो भ्यानका चालक समेत हुन्। शङ्कास्पद रूपले गाडी भित्र बसी रहेको अवस्थामा सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकाया हितको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा निजले लगाएको सेतो कालो कलरको ज्याकेटबाट निज बसेको सिटमा लागुऔषध लिइएको छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]