१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

बालाजुमा प्रहरीको गाडी र अस्थायी बिट आगजनीमा संलग्न ६ जना प्रकाउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०३, २०७९

ABC (क्राईमबिट)                                                           । काठमाडौंको बालाजुस्थित माजापोखरीमा प्रहरीको गाडी, प्रहररुी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडका साथै आगजनी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै अभियुक्तहरुलाई सार्वजनिक गरेका हो । विभिन्न सामाजिक सञ्जालहरूमा पोष्ट गरीएका भिडियोहरूको आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा उदयपुर बलमता गाउँपालिका वडा नं. २ घर भई हाल तार्केश्वर मनमैजु बस्ने वर्ष ४० का बिक्रम राई, जिल्ला नुवाकोट पञ्चकन्या ३ घर भई हाल टोखा बानियाटार बस्ने वर्ष ३० का रामहरी भण्डारी, लमजुङ वेशीशहर घर भई हाल तार्केश्वर बस्ने वर्ष २३ का विवेक श्रेष्ठ रहेका छन् ।

त्यस्तै काभ्रेपलान्चोक मानेडाडाँ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ३१ का राजेश तामाङ, प्युठान कडी घर भई हाल गोंगवु बस्ने वर्ष १८ का दिपेन्द्र पुन मगर र
काभ्रेपलान्चोक भुम्लु घर भई हाल गंगाहल बस्ने वर्ष २० का आशिष खड्का रहेका छन् ।

नियन्त्रणमा लिईएका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौ जिल्ला अदालतबा तीन दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!