२० आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
×

नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पर्साको वीरगञ्जमा ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०४, २०७९

ABC (क्राईमबिट)                                                      नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पर्साको वीरगञ्जमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सर्लाहीको बरहथवा नगरपालिका-१० बस्ने ३१ वर्षीय रामवीर चौधरी, वडा नं. ६ बस्ने ४५ वर्षीय लालबाबु राय यादव, वडा नं.१८ बस्ने ३८ वर्षीय राकेश कुर्मी र वडा नं.१७ बस्ने २७ वर्षीय अवधेशकुमार राय रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बिहीबार बिहानको राति २ वीरगञ्ज-१५ स्थित हिमालयन होटल अगाडि सडकखण्डमा बीआर३१पी ०६४९ नम्बरको सेतो स्करपियो गाडीमा बसेर सर्वसाधारणहरूलाई बिस्कुट आकारको १ किलो लेखिएको नक्कली सुन देखाएर ठगी गर्न खोजेका थिए।

बिना बिलको तथा नक्कली सुनजस्तो देखिने पहेँलो धातु देखाई बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा पर्सा जिल्ला प्रहरीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सो नक्कली सुन र स्करपियोसहित पक्राउ गरेको हो।

बरामद नक्कली सुन वीरगञ्ज सुनचाँदी व्यवसायी संघ माईस्थानमा परीक्षण गर्दा उक्त वस्तु सुनको जलप भएको धातु भएको तर सुन नभएको खुलेको छ।

सुनचाँदी व्यवसायी संघको परीक्षण प्रतिवेदनअनुसार प्रहरीले चारै जनालाई ठगीसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान सुरु गरिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्न सर्लाही प्रहरीले जिल्लाका सम्पूर्ण युनिटलाई पूर्ण तयारी अवस्थामा राखेको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले […]

  काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो । गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका […]

  दाङ । विजौरी बजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरिएको थियो। भने उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-१९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो । यो समयमा  अत्याधिक रुपमा डेंगु रोग लाग्ने भएकाले आ-आफ्नो पसलको वरिपरि तथा घरअगाडी […]

error: Content is protected !!