११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

२१ जना कर्मचारीको सरुवा

Logo
प्रकाशित शनिबार, फाल्गुण ०६, २०७९

ABC (क्राईमबिट)                                                  काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न ओहदाका २१ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार उपसचिव र प्रशासकिय अधिकृतसहित २१ जना कर्मचारीको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका उपसचिव तेजनारायण यादवलाई थारु आयोग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विक्रमप्रसाद पाण्डेलाई डोल्पास्थित ठूलीभेरी नगरपालिका, प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विनोदकुमार दाहाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कृष्ण थापालाई मुसिकोट नगरपालिका रुकुम पश्चिम सरुवा गरिएको छ ।

त्यस्तै राष्ट्रिय महिला आयोगका ओमकार शाहलाई गुलरिया नगरपालिका बर्दिया, मधेश प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका धर्मानन्द जोशीलाई पोखरिया नगरपालिका पर्सा, महाराजगन्ज नगरपालिका कपिलवस्तुका उपसचिव रेश्मीराज अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी, वृन्दावन नगरपालिका रौतहटका उपसचिव खिमबहादुर भुजेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा काज फिर्ता गरिएको छ ।

मन्त्रालयका अनुसार जल तथा ऊर्जा आयोगका सिडिई पवन चन्दलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, युवा तथा खेलकुद मन्त्रालयका डा. कृष्णबहादुर घिमिरेलाई काठमाडौंस्थित तारकेश्वर नगरपालिका, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुलाई सप्तरीस्थित डाक्नेश्वरी नगरपालिका, गृह मन्त्रालयका शाखा अधिकृत राजन कँडेललाई पुथा उत्तर गङ्गा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सुर्खेतस्थित सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटालाई राप्ती सोनारी गाउँपालिका बाँकेको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

त्यसैगरी लुम्बिनीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत विपिन क्षेत्रीलाई रुपन्देहीस्थित ओमसतिया गाउँपालिका, उक्त गाउँपालिकाका शाखा अधिकृत सागर गौतमलाई लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दिनेश सिंह ठाकुरलाई धनुषास्थित हंसपुर नगरपालिकोे प्रमुख प्रशासकीय अधिकृत, गृह मन्त्रालयका मनिष झालाई रौतहटस्थित माधवनारायण गाउँपालिकाकोे प्रमुख प्रशासकीय अधिकृत, कैलालीस्थित लम्की चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढालाई चुरे गाउँपालिका कैलालीमा पठाइएको छ ।

सरुवा सूचीअनुसार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शाखा अधिकृत कोविद ढकाललाई ताप्लेजुङस्थित सिदिङ्वा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लगानी बोर्डको कार्यालयका पुण्य प्रसाद भट्टराईलाई बागमती प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले भारतसँगको सीमामा १०० नेपाली रुपैयाँभन्दा माथिका सामानमा भन्सार अनिवार्य* गर्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती भारतीय बजारमा असर परेको छ। *के भएको हो:* 1. *नियम*: भूमि नाकाबाट व्यक्तिगत प्रयोगका लागि ल्याउने सामानमा १० रुपैयाँभन्दा माथि भए भन्सार लाग्छ भन्ने नियम पहिलेदेखि नै थियो। तर अहिले सशस्त्र प्रहरी र […]

error: Content is protected !!