११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

सशस्त्र प्रहरीले १५ लाख भारतीय रुपैयाँ गरगहनासहित ३ जना कंचनपुरबाट पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण ०६, २०७९

ABC (क्राईमबिट)                                                    धनगढी । सशस्त्र प्रहरीले कञ्चनपुरमा १५ लाख बढी भारतीय रुपैयाँ र गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ। नेपाल-भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका–४ को आनन्दबजार नजिकैको कार्गिल डाँडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँ र गरगहनासहित सशस्त्र प्रहरीको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका–४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाँ र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर रावलले जानकारी दिए।

उनका अनुसार उनीहरूको साथबाट चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइल समेत बरामद गरिएको छ।

बरामद गरिएका नगद र गरगहनासहित उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!