१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

सशस्त्र प्रहरीले १५ लाख भारतीय रुपैयाँ गरगहनासहित ३ जना कंचनपुरबाट पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण ०६, २०७९

ABC (क्राईमबिट)                                                    धनगढी । सशस्त्र प्रहरीले कञ्चनपुरमा १५ लाख बढी भारतीय रुपैयाँ र गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ। नेपाल-भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका–४ को आनन्दबजार नजिकैको कार्गिल डाँडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँ र गरगहनासहित सशस्त्र प्रहरीको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका–४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाँ र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर रावलले जानकारी दिए।

उनका अनुसार उनीहरूको साथबाट चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइल समेत बरामद गरिएको छ।

बरामद गरिएका नगद र गरगहनासहित उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!