२७ साउन २०८२, मंगलबार
12-08-2025 , Tue
×

कास्कीमा वडाध्यक्षले कुटे कर्मचारी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १२, २०७९

ABC (क्राईमबिट)                                                          कास्कीका एक जना वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले इन्जिनियर लक्ष्मण जिसीलाई शुक्रबार बिहान १० बजे कुटपिट गरेका हुन् ।  घाइते जिसीको नाकमा चोट पुगेको प्रहरीमा दिएको उजुरीमा छ । उजुरीमा जिसीले सार्वजनिक ठाउँमा कुटपिट गरेकाले वडाध्यक्षलाई आवश्यक कारबाही गर्न उनले माग गरेका छन् ।जिसीलाई अश्लील गालीगलौज हातपात गरेको विषयप्रति कास्की जिल्लामा रहेका क्रियाशील ट्रेड यूनियनले  विज्ञप्ति मार्फत वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् ।  ‘गल्ती गरेमा उसलाई कानुन अनुसार कारबाही गर्न सकिने अवस्था हुँदाहुँदै मुढेबल प्रयोग गरी गालीगलौज तथा कुटपिट गरेको कार्य प्रति कास्की जिल्लामा रहेका हामी क्रियाशील ट्रेड युनियन घोर निन्दा एवं भर्त्सना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ । कुनाकाप्चासम्म पुगी काम गर्ने कर्मचारीलाई हौसला प्रदान गरी कामकाजमा लगाउन पर्नेमा पटक–पटक अश्लिल गाली गर्ने तथा हातपात गर्ने विषय कुनै पनि हालतमा क्षम्य गर्न नहुने विज्ञप्तिमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!