२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कास्कीमा वडाध्यक्षले कुटे कर्मचारी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १२, २०७९

ABC (क्राईमबिट)                                                          कास्कीका एक जना वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले इन्जिनियर लक्ष्मण जिसीलाई शुक्रबार बिहान १० बजे कुटपिट गरेका हुन् ।  घाइते जिसीको नाकमा चोट पुगेको प्रहरीमा दिएको उजुरीमा छ । उजुरीमा जिसीले सार्वजनिक ठाउँमा कुटपिट गरेकाले वडाध्यक्षलाई आवश्यक कारबाही गर्न उनले माग गरेका छन् ।जिसीलाई अश्लील गालीगलौज हातपात गरेको विषयप्रति कास्की जिल्लामा रहेका क्रियाशील ट्रेड यूनियनले  विज्ञप्ति मार्फत वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् ।  ‘गल्ती गरेमा उसलाई कानुन अनुसार कारबाही गर्न सकिने अवस्था हुँदाहुँदै मुढेबल प्रयोग गरी गालीगलौज तथा कुटपिट गरेको कार्य प्रति कास्की जिल्लामा रहेका हामी क्रियाशील ट्रेड युनियन घोर निन्दा एवं भर्त्सना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ । कुनाकाप्चासम्म पुगी काम गर्ने कर्मचारीलाई हौसला प्रदान गरी कामकाजमा लगाउन पर्नेमा पटक–पटक अश्लिल गाली गर्ने तथा हातपात गर्ने विषय कुनै पनि हालतमा क्षम्य गर्न नहुने विज्ञप्तिमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]