१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

करेन्ट लागेर एक महिलाको मृत्यु

Logo
प्रकाशित शनिबार, फाल्गुण १३, २०७९

ABC (क्राईमबिट)                                                  भक्तपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  सूर्यविनायक नगरपालिका–९ पलासेस्थित राजकुमार खत्रीको आशापुरी ह्याचरीमा काम गर्ने २४ वर्षीया जुनुमाया माझीको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।काम गर्ने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । माझी काभ्रे चौरीदेउराली गाउँपालिका ४ की स्थायी बासिन्दा हुन् । घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

error: Content is protected !!