०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

प्रधानमन्त्री पुष्पकमल दाहाल र सन्दीप लामिछानेलाई हात मिलाएर बधाई दिए

Logo
प्रकाशित आइतबार, फाल्गुण १४, २०७९


(ABC-Sanchar)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्रिकेटर सन्दीप लामिछानेले हात मिलाएको विषयलाई अतिरञ्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । परिषद्का तर्फबाट सदस्यसचिव टंकलाल घिसिङले जारी गरेको विज्ञप्तिमा टीमलाई बधाई दिने कार्यको अन्यथा अर्थ लाग्ने गरी भएको प्रचारप्रति दुःख व्यक्त गरेका छन् । नेपाल क्रिकेट संघले राष्ट्रिय टिममा समावेश गरी खेलाइएका खेलाडी सन्दीप लामिछानेसँग राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्रीज्यूले हात मिलाएको विषयलाई अतिरञ्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको र सन्दिपलाई मात्र प्रधानमन्त्रीज्यूले भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरी भएको प्रचारप्रति राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘क्रिकेटमा ऐतिहासिक सफलता पाएको टीमलाई बधाई दिने कार्यको अन्यथा अर्थ लाग्ने गरी भएको प्रचार प्रति खेलकुद परिषद् दुःख व्यक्त गर्दछ ।’ नेपाली खेलाडीहरूलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको सदाशयताप्रति परिषद्ले आभार पनि व्यक्त गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा फागुन २ देखि ९ गतेसम्म भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपालले इतिहास रच्न सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ । खेलाडीहरूले गरेको मेहनतको उच्च सम्मान गर्नु सबै नेपालीको कर्तव्य भएको भन्दै विज्ञप्तिमा यही क्रममा नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीले नेपाली टिमलाई धन्यवाद तथा बधाई ज्ञापनका लागि आमन्त्रण गरेको उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य […]

काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो। प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार सबै कार्यालयमा परिपत्र पुगेको छ। ‘आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको हो,’ […]

error: Content is protected !!