०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

रुपन्देहीमा १४ प्रहरीलाई कारबाही

Logo
प्रकाशित बुधबार, फाल्गुण १७, २०७९

whatsapp sharing button
sharethis sharing button
ABC (क्राईमबिट)

भैरहवा ।  प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारबाही हुने  गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८/७९ मा २९ जना गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन ।

भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरिक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरिक्षक, २ जना प्रहरी नायब निरिक्षक, १ जना प्रहरी बरिष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारवाही गरिएको हो । यस्तै यसै अवधिमा ६ जनाले राजिनामा, ४ इन्सपेक्टर सहित ८ जनाले अनिवार्य अवकाश लिएको प्रवक्ता अर्यालले भने ।

प्रहरीले कारवाही मात्र नगरि राम्रा काम गर्नेलाई पुरस्कृत गरेको छ । पछिल्लो ७ महिनामा ३ डिएसपी, १९ इन्सपेक्टर सहित ६३ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने ४८ जना प्रहरीको बढुवा गरिएको छ । बढुवा हुनेमा प्रहरी निरिक्षकमा ३ जना, प्रहरी नायब निरिक्षकमा १ जना र प्रहरी सहायक हवलदारमा ४४ जना रहेको कार्यालयले जनाकारी दिएको छ ।

आर्थिक वर्ष २०७८/७९मा ७ जना ले राजिनामा लिएको, २९ जनालाई विभिन्न प्रकृतिको कारावाही गरिएको ६५ जनालाई पुरस्कृत गरिएको र ४ सय १९जनालाई बढुवा गरिएको प्रहरी प्रवक्ता अर्यालले भने । कार्यालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखा अन्तर्गत प्रहरी महानिरीक्षकको निर्णय अनुसार पदोन्नती हुने गरेको छ । पदोन्नती भएका सबैलाई जिल्ला प्रहरी कार्यालयले दर्ज्यानी चिन्ह प्रदान गर्ने गर्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विगतमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरीलाई महिना पिच्छे पुरस्कृत गदैृ आएको थियो । प्रहरी उपरिक्षक हेम कुमार थापाले जिल्लाको कार्यभार सम्हाले देखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मुल्याकन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिदै आएका थिए ।

यस्तै प्रहरी उपरिक्षक मनोज केसीले पनि कार्यभार सम्हाल्दा प्रहरी इन्ट्रिग्रीटी अवार्ड भन्दै मासिक रुपमा प्रहरी कर्मचारीहरुलाई सम्मान गर्ने गरेका थिए । सधै गलत गर्नेलाई प्रहरीलाई कारवाही गर्नु मात्र नभई उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरेर पनि सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले प्रोत्साहन स्वरुप अवार्ड दिने गरेको थियो ।

ठूलो परिमाणमा लागु औषध बरामद गर्ने, संगठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भुमिका निर्बाह गर्ने, विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने, आदेश–निर्देशनको पालना गर्ने, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहने, आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति दिने, कर्तव्य ज्यान वा पुराना प्रतिवादीहरुलाई पक्राउ गर्न सहयोग पुर्याउने लगायतका सूचकको आधारमा उत्कृष्ट प्रहरीलाई सम्मान गर्ने गरिएको थियो । अवार्डले प्रहरी बीच कामको प्रतिस्पर्धात्मक विकास, मनोबल बढ्नुका साथै चेकजाचमा दुरुस्तता, सबै प्रहरी सूचनामा अपडेट पनि हुने गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

error: Content is protected !!