०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

राजपुरको खाङ्ग्रा नाकामा तीन कोठे प्रसूति गृहको शिलान्यास,इन्डिया जाने समस्याबाट मुक्त

Logo
प्रकाशित बुधबार, फाल्गुण १७, २०७९

(मेगमन बुढा)                                                            दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा ३ कोठे प्रसूति गृहको शिलान्यास भएको छ ।

उक्त तीन कोठे भवनको सोमबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्यामबहादुर रोका मगरले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।

संघीय मन्त्रालयद्वारा विनियोजित २५ लाखको बजेटबाट निर्माण हुनलागेको सो तीन कोठे भवन निर्माण कार्यको ठेक्का केसी निर्माण सेवाले लिएको वडाध्यक्ष रोका मगरले जानकारी दिनु भयो । उहाँका अनुसार यो सेवा सुरु भयो भने ६ नम्बर वडा नाका क्षेत्रको कल्याणपुर,खाङ्ग्रा,अडबरुवा,बैरवा,गौरिया, गन्धेला,छेकरिया,डगमारा गाउँका नागरिकले सेवा लिने छन् ।

त्यस्तै यस अघि प्रसूतिको लागि नेपाल आउनको लागि बाटोको कारण सम्भावना नभएको र प्रस्तुति गराउनको लागि इन्डिया जानुपर्ने बाध्यता रहेको थियो । तर अहिले उक्त प्रसूति सेवा नाकामै सुरु हुनेभएपछि विगतमा भोग्दै आउनु परेको समस्याबाट नागरिकहरु मुक्त भएको वडा अध्यक्ष रोका मगरले जानकारी दिनु भयो ।

यसैगरी राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले नाका क्षेत्रको हकमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा विगत केहीवर्षदेखि यता प्रसूति सेवा संचालन भइ सेवा दिदै आइरहेको जानकारी दिनु भयो । यस्तै उता वडा नम्बर १ पटौली नाकामा एकीकृत सेवा केन्द्रको रुपमा अहिले गापाको बजेटबाट सुविधा सम्पन्न भवन निर्माण हुँदै गरेको बताउनु भयो । तर उक्त भवन एकीकृत सेवाको लागि निर्माण भएपनि प्रसूति सेवा प्रदान गर्न सकिने अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।

त्यस्तै अध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा नाका क्षेत्रको वडा नम्बर १ पटौली,वडा नम्बर ६ को खाङ्ग्रा,वडा नम्बर ७ को भैसाही नाकाको गाउँमा पुर्व-पश्चिमका नागरिकलाई सहज हुनेगरि ३ ठाउँमा एकीकृत स्वास्थ्य चौकीको लागि सुविधा सम्पन्न दुई तल्लाको भवन निर्माणगरि सेवा प्रदान गर्ने योजनामा रहेको बताउनु भयो । यस्तै अबका हरेक स्वास्थ्य शिविरहरु नाका क्षेत्रलाई पहिलो प्राथमिकता दिएर संचालन गर्ने समेत राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

error: Content is protected !!