
(खुरसेद हजाम )नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिकाे प्रशासनिक भवनकाे आइतबार शिलान्यास गरेको छ ।प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवनकाे लागि ४ ताले सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले अाज बिधिवत रुपमा भवनको शिलान्यास गरेका हुन ।
बिगत ६ बर्ष देखि आफ्नो भवन नहुँदा गाउँपालिकाले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । आफ्नो भवन भए पछि गाउँपालिकाबाट प्रवाह हुने सेवाहरुलाई सुविधा अझै प्रभावकारी सहजरुपले सेवा पुर्याउने उदेश्यले भवन निर्माण गर्ने लागिएको यादवले बताउनु भयाे
कुल१४कराेड६८लाख४९हजार१सय९९रुपैया बराबरकाे लागतमा शौचालयसहितको ३४ कोठे पक्की भवन निर्माण हुने बताईएकाे छ। दुई बर्ष भित्र निर्माण कार्य सम्पन्न गरि सेवा सन्चालनमा ल्याउने याेजना रहेकाे अध्यक्ष यादवले जानकारी दिनु भयाे ।लिप्ट सहितकाे भवन हुने बताइएकाे छ । प्रशासनिक भवन निर्माण हुन लाग्दा स्थानिय बासिशहरु खुसि भएका छन ।