११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

पार्टी स्थापनाको चार वर्षमै जनसमर्थन प्राप्त गरेको रास्वपा सभापति रवी लामिछाने प्रथम राष्ट्रिय महाधिवेशन,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ ०७, २०८३

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए ।

स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिट जितेर कीर्तिमान बनाएको छ ।

आज (आइतबार) दिउँसो १ बजे गेष्टहाउस चौरमा हुुने महाधिवेशन उदघाटन समारोहमा रास्वपाले राष्ट्रिय मान्यता प्राप्त दल तथा देशको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका दलका प्रमुख नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरेको छ । तर पूर्वप्रधानमन्त्रीहरूमा डा. बाबुराम भट्टराई बाहेक अन्य कोही पनि रास्वपाको महाधिवेशन उदघाटनसत्रमा सहभागी नहुने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले शीर्ष नेताहरू नपठाउने भएका छन् ।

देशभरिबाट झन्डै चार हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनको उदघाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले संयुक्त रूपमा गर्ने नेताहरूले बताएका छन् । यस महाधिवेशनबाट १९ जना पदाधिकारी सहित १५८ (प्रदेश सभापति पदेन सदस्य) सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछन् ।

शनिबार केन्द्रीय समितिले अनुमोदन गरेको संशोधित विधान अनुसार सभापतिले ५१ जना मनोनीत गर्ने व्यवस्था राखिएको छ । बाँकी १०० जना निर्वाचन प्रक्रियाबाट आउनेछन् । केन्द्रीय निर्वाचन आयोगले चुनावको कार्यतालिका सार्वजनिक गरिसकेको छ । सभापतिमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ दस्तुर र ५१ जनाको समर्थन अनिवार्य गरिएको छ । अन्य पदाधिकारीका हकमा ४१ हजार रुपैयाँ र त्यतिकै संख्यामा समर्थनको हस्ताक्षर चाहिने छ । केन्द्रीय सदस्यमा उम्मेदवारी दिन २१ हजार दस्तुर र २१ जना समर्थकको हस्ताक्षर अनिवार्य गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।

  दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे […]