
ABC (क्राईमबिट) जनकपुर । मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजबिराज केन्द्रमा माघ २९ गतेबाट संचालित १८ कार्यदिन अवधिको व्यक्तिगत सुरक्षा (प्र.ज. देखि प्र.व.ह.) तालिम सातौं समुहको आज मिति २०७९ फागुन २५ गते यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा एक
कार्यक्रमका बिच समापन भयो । उक्त कार्यक्रममा तालिम संयोजक प्र.नि.धिरज कुमार पटेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने प्र.स.नि. पर्वत खडकाले कार्यक्रम संचालन गर्नु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथिले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र, वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।