
ABC (क्राईमबिट)
भैरहवा । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १ वेलहिया बसपार्क स्थित उत्तरबाट दक्षिणतर्फ शंकास्पद रुपमा हिडिरहेको अवस्थामा पछी नाम थर वतन खूल्न आएकी जिल्ला बाग्लुङ साविक निसि ७ स्थायी वतन भई हाल निसिखोला गाउँपालिका वडा नं. ६ वस्ने बर्ष ३६ की लालसरा घर्ति मगरलाई ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोधपुछ तथा निजको शरिर समेत रितपुर्वक खानतलासी गर्दा लागु औषध (चरेस) जस्तो देखिने गाँजाको जस्तो गन्ध आउने गिलो पदार्थ तौल गर्दा २ के.जी. ५०० ग्राम फेला पारी बरामद गरी निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।