२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सेवाग्राहीलाई प्रहरीद्वारा यति धेरै सेवा पाइदो रहेछ, भन्ने महशुस गराउछु प्रहरी निरीक्षक श्रेष्ठ

Logo
प्रकाशित शनिबार, फाल्गुण २७, २०७९

ABC (क्राईमबिट)
दाङ । देउखुरीको लमही स्थित वडा प्रहरी कार्यालय लमहीमा भरखरै सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक शंकर श्रेष्ठले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई प्रहरीद्वारा यति धेरै सेवा पाइदो रहेछ भन्ने महशुस गराउने बताउनु भएको छ ।

शुक्रबार आफ्नै कार्यकक्षमा देउखुरी क्षेत्रमा क्रियाशील रहेका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रहरी निरीक्षक श्रेष्ठले सो कुरा बताउनु भएको हो । सुर्खेत लगायत काठमाडौंमा रहेर लामो समयको अनुभव बटुल्नु भएका प्रहरी निरीक्षक श्रेष्ठले लमहीमा रहदासम्म कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कुनैपनि सास्ती नदिने र सहज रुपमा सेवा प्रदान गर्ने बताउनु भयो ।

त्यस्तै उहाँले अहिले आफु धेरै नबोल्ने र बाकी काम गरेर देखाउने बताउनु भएको छ । पहिले कार्यालय भित्र प्रहरीको डिउटी समय तालिका व्यवस्थापन गर्ने छु । त्यसपछि क्रमशः यहाँको हरेक गतिविधिलाई अध्ययन र अनुसन्धान गर्दै व्यवस्थापन तिर लाग्ने प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो ।

पत्रकारहरुको एकमुष्ट प्रश्न लागू दुर्वेसनी,हिंसात्मक गतिविधि,राप्ती नदीजन्य पदार्थ उत्खनन,काठ तस्कर,लमही बजारको अस्तव्यस्त,समयमा प्रहरीद्वारा सूचनाहरु नपाइने लगायत ट्राफिक व्यवस्थापन गर्ने विषयको प्रश्नमा प्रहरी निरीक्षक श्रेष्ठले प्रहरीद्वारा प्रदान गरिने कुनैपनि सेवा कन्जुस्याइँ नहुने बताउनु भयो । त्यस्तै वर्तमान समयमा भइरहेका हरेक गतिविधिको तत्काल यो गर्छु,त्यो गर्छु भन्दापनि बाँकी कामको परिणामबाट बताउने प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]