०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

सेवाग्राहीलाई प्रहरीद्वारा यति धेरै सेवा पाइदो रहेछ, भन्ने महशुस गराउछु प्रहरी निरीक्षक श्रेष्ठ

Logo
प्रकाशित शनिबार, फाल्गुण २७, २०७९

ABC (क्राईमबिट)
दाङ । देउखुरीको लमही स्थित वडा प्रहरी कार्यालय लमहीमा भरखरै सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक शंकर श्रेष्ठले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई प्रहरीद्वारा यति धेरै सेवा पाइदो रहेछ भन्ने महशुस गराउने बताउनु भएको छ ।

शुक्रबार आफ्नै कार्यकक्षमा देउखुरी क्षेत्रमा क्रियाशील रहेका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रहरी निरीक्षक श्रेष्ठले सो कुरा बताउनु भएको हो । सुर्खेत लगायत काठमाडौंमा रहेर लामो समयको अनुभव बटुल्नु भएका प्रहरी निरीक्षक श्रेष्ठले लमहीमा रहदासम्म कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कुनैपनि सास्ती नदिने र सहज रुपमा सेवा प्रदान गर्ने बताउनु भयो ।

त्यस्तै उहाँले अहिले आफु धेरै नबोल्ने र बाकी काम गरेर देखाउने बताउनु भएको छ । पहिले कार्यालय भित्र प्रहरीको डिउटी समय तालिका व्यवस्थापन गर्ने छु । त्यसपछि क्रमशः यहाँको हरेक गतिविधिलाई अध्ययन र अनुसन्धान गर्दै व्यवस्थापन तिर लाग्ने प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो ।

पत्रकारहरुको एकमुष्ट प्रश्न लागू दुर्वेसनी,हिंसात्मक गतिविधि,राप्ती नदीजन्य पदार्थ उत्खनन,काठ तस्कर,लमही बजारको अस्तव्यस्त,समयमा प्रहरीद्वारा सूचनाहरु नपाइने लगायत ट्राफिक व्यवस्थापन गर्ने विषयको प्रश्नमा प्रहरी निरीक्षक श्रेष्ठले प्रहरीद्वारा प्रदान गरिने कुनैपनि सेवा कन्जुस्याइँ नहुने बताउनु भयो । त्यस्तै वर्तमान समयमा भइरहेका हरेक गतिविधिको तत्काल यो गर्छु,त्यो गर्छु भन्दापनि बाँकी कामको परिणामबाट बताउने प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                           उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बुधबार सुनवाइ सकिएसँगै […]

(ABC-Sanchar) काठमाडौं । अखिल भारतीय बिश्नोई समाजका अध्यक्ष देवेन्द्र बुडियाले कालो हरिण प्रकरणमा बलिउड अभिनेता सलमान खानले माफी मागेमा विष्णोई समाजले माफी दिनेबारे विचार गर्न सकिने बताएका छन् । केही दिनअघि सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले गोली प्रहारको घटनामा उनको समर्थन गरेकी थिइन् । उनले कालो हरिणको मुद्दामा सलमानले गल्ती गर्दा उनी समझदार भई […]

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको बहस लम्बिएको छ । उच्च अदालत पाटनमा चलिरहेको बहस चिया समय अघि नै सक्ने भनिएपछि बहस लम्बिएका कारण केही धकेलिएको हो । जाहेरीवालाका तर्फबाट धेरै कानुन व्यवसायी भएका कारण उनीहरूको बहस लम्बिएको हो । जाहेरवालाका तर्फबाट मङ्गलवार आधा दिनदेखि बहस सुरु भएको थियो । सुरुमा सरकारी […]