(सिर्जना थापा) दाङ । पत्रकार महिलाहरुको लागि खोजमुलक दुईदिने तालिम दाङको घोराही शुरु भएको छ । सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तिरक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा शनिबारदेखि घोराहीमा तालिम सन्चालन भएको छ । सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमाेलले महिला पत्रकारहरुको लेखन क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । महिला पत्रकारहरु पछिल्लो समय पारिवारिक कारण तथा सञ्चारगृहबाट समयमा पारिश्रमिक नपाउँदा पेशाबाट पलायन हुने तितो यथार्थ रहेको बताउनुभयो । उहाँले सञ्चारिका समुहले लेख्ने पत्रकार महिलाहरुको लागि अवसर सिर्जना समेत गरिदिएको बताउनुभयो ।
सञ्चारिका समुहले दाङमा आयोजना गरेको खोज पत्रकारिता तालिममा पत्रकार महासङ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकारिताका विविध विषयक प्रशिक्षण दिनुभएको थियोे । उहाँले समाचार लेख्नका लागि विषयक छनोट गर्नुपर्ने , अरुका समाचार पढ्ने बानीको बिकास गर्नुपर्ने बताउनुभयो । अध्ययन बिनाको लेखाइ उत्कृष्ट नहुने भएकाले यतातिर ध्यानदिन आग्रह गर्नुपर्ने बताउनुभयो । खोजपूर्ण र खाेजमूलक विषयवस्तुमा रहेर समाचार संकलन गर्नुपर्ने बताउनुभयो ।
पत्रकारिता क्षेत्रमा महिलाहरुकाे क्षमता विकास र लेखनमा अभिवृद्धि गराउने सो खोजमुलक तालिममा दाङ, रोल्पा र प्युठानका २५ जना पत्रकार महिलाहरुको सहभागिता रहेको छ । तालिममा सन्चारिकाका लुम्बिनी प्रदेश सल्लाहकार नारायणी रजौरेले पत्रकारिता गर्दाका अनुभवहरु सुनाउनुभयको थियोे । प्रदेश अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य रञ्जिता अधिकारीले गर्नुभएको थियो।