२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कोरियाले रोक्यो नेपाली कामदारहरु

Logo
प्रकाशित आइतबार, फाल्गुण २८, २०७९

(ABC-Sanchar)                                               काठमाडौँ । दक्षिण कोरियाले तीनदेखि ६ महिनासम्मका लागि नेपालसहितका स्रोत देशबाट मौसमी कामदार लैजान रोक लगाएको छ । उच्च लागत तिरेर गएका कामदारहरू गैरकानुनी हैसियतमा बस्ने क्रम बढेपछि छोटो समयका लागि कामदार ल्याउने नीतिमा पुनर्विचार गर्दै कोरिया सरकारले तत्काल मौसमी कामदार ल्याउन स्थगन गरेको हो । कामदारहरूको त ठूलो समस्या आउँछ,’ पूर्व श्रम काउन्सेलर भट्टराईले भनिन् ।

उनका अनुसार मौसमी कामदारसम्बन्धी निर्देशिकाले व्यवस्था गरेअनुसार सेवा शुल्क, बिमालगायत रोजगारदाताले तिर्ने अवस्था छैन । निर्देशिकाअनुसार प्रवेषाज्ञा लिँदा लाग्ने शुल्क तथा कामदार पठाउँदा लाग्ने अन्य शुल्क रोजगारदाताले बेहोर्ने सुनिश्चित गर्नुपर्छ । नेपालबाट कामदार छनोट गरी सम्बन्धित मुलुकमा नपुग्दासम्म कामदारले कुनै शुल्क बुझाउनु नपर्ने तथा मौसमी रोजगारको अवधि समाप्त भएपछि रोजगारदाताको खर्चमा स्वदेश फर्काउने कुराको प्रत्याभूति गर्नुपर्छ । ‘यत्रो खर्च गरेर रोजगारादाताले कामदार लैजाने अवस्था देखिन्न । आफैं खर्च गरेर गएका कामदार ६ महिनामा नै फर्किने हुन्न,’ उनले भनिन्, ‘तलब तथा सेवासुविधा पनि सुनिश्चित छैन ।’

अर्कोतर्फ कोरिया सरकारले बढाएको तलब मौसमी कामदारको हकमा लागू हुँदैन । नयाँ वर्षदेखि ईपीएसमार्फत् दक्षिण कोरिया आएका कामदारको मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) तोकिएको छ । तर, यो तलब पाँच जनाभन्दा कम कामदार भएका कम्पनीको हकमा भने लागू हँदैन । कोरियामा कृषि क्षेत्रमा काम गर्ने प्रायः कम्पनीको कामदार पाँच जनाभन्दा कम छन् । कम कामदार भएको कम्पनीमा ओभरटाइम गरे पनि थप पैसा पाउँदैनन् । कोरियाली श्रम कानुनअनुसार पाँच जनाभन्दा कम कामदार भएको कम्पनीहरूले न्यूनतम ज्याला ९ हजार ६ सय २० वनमै कामदारलाई काम लगाउने छुट छ ।

कोरियामा ३५ हजारभन्दा बढी नेपाली कामदार छन् । श्रम मन्त्रालयले पनि ईपीएस प्रणालीबाटै नै कामदार पठाउने पक्षमा छ । यो प्रणालीबाट २०२३ मा मात्रै नेपालबाट ४० हजार नेपाली कामदार लैजाने योजनामा रहेको कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याललाई जानकारी दिएका थिए । ‘नेपालबाट एकै वर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा ४० हजार नेपाली ल्याउँछौं,’ हालै सिंगापुरमा भएको द्विपक्षीय भेटमा उपमन्त्री जोङपिलले अर्याललाई भनेका थिए ।

‘ईपीएसअन्तर्गत कामदार पठाउन थालेको १२ वर्ष भयो । यो अवधिमा कोरिया र नेपालबीचको संयन्त्रले प्रभावकारी रूपमा कार्यसम्पादन गरिरहेको छ । कोरियाको मागअनुसार कामदार पठाउन सक्ने संयन्त्र नेपालसँग छ, त्यसका लागि आफूहरू तयार रहेको भेटमा कोरियाली पक्षलाई आश्वस्त पार्‍यौं,’ अर्यालले भने ।

सबैभन्दा बढी गत वर्ष १२ हजार कामदार कोरिया पुगेको थियो । ईपीएस प्रणालीअन्तर्गत हालसम्म कोरियामा ७५ हजार नेपाली कामदार पुगिसकेका छन् । जसमा ५ हजार महिला छन् । कोरिया गएकामध्ये ३ हजार नेपाली गैरकानुनी हैसियतमा बसिरहेका छन् । ‘कोरियामा कोही पनि गैरकानुनी हैसियतमा नबसोस् भन्ने हाम्रो चाहना हो । गैरकानुनी हैसियतमा बसेकाहरूलाई स्वदेश फर्काउनका लागि नेपालबाट पनि सहजीकरण होस्,’ जोङपिलको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]