०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

सशस्त्र प्रहरी महानिरीक्षक कप खेलकुद प्रतियोगिता एआईजी पौडेलद्वारा शुभारम्भ

Logo
प्रकाशित आइतबार, फाल्गुण २८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन २८ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका वीच ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ खेलकुद प्रतियोगिता शुभारम्भ गर्नुभएकोे हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले फुटबलका राष्ट्रिय रेफ्री दिनेश अधिकारीलाई बल हस्तान्तरण गरी फुटबल प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी बरिष्ठ अधिकृत, अधिकृत लगायत खेलाडी तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । सो फुटबल प्रतियोगिता चैत्र ३ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ । उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सशस्त्र प्रहरी बल नेपाल नं. ६ बाहिनी मुख्यालय महेश्वरीलाई १–० ले पराजित गरी बिजयी भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!