०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनका नेतृत्व तहसँग अन्तरक्रिया

Logo
प्रकाशित आइतबार, फाल्गुण २८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा फागुन २८ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा विभागीय प्रमुखहरुले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन भएको सि.सं. ३० गुल्मपति तथा स्टाफ कोर्षका प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको भएको छ । संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समयसापेक्ष संगठनको विकास, विस्तार र सुधार कार्यमा परिवर्तन गर्दै लैजाने बताउनुहुँदै यस कार्यमा नेतृत्व तह गम्भीर रुपले लागि परिरहेको बताउनुभयो । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेका कामकारवाही, कार्यपद्धती र भावी योजना सम्बन्धमा प्रशिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नु भएको थियो । मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको प्रशासनिक कामकारवाही, भर्ना तथा तालिम, सरुवा, बढुवा, कल्याणकारी सेवा सुविधा, युएन मिशन लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन पद्धतीलाई समेत बैज्ञानिक, पारदर्शी र वस्तुगत ढंगले अगाडी बढाउँदै लैजाने योजना रहेको बताउनुभयो । यसैगरी कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले न्यूनतम श्रोतसाधन र जनशक्तिका बावजुद पनि देशको आन्तरिक सुरक्षा, सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, विपद् उद्धार लगायतका विभिन्न अप्रेशनल गतिविधिहरुमा सशस्त्र प्रहरी बल परिचालित हुँदै आईरहेको बताउनुभयो । सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालको तैनाथी, सीमा अपराध तथा राजश्व चुहावट नियन्त्रण लगायत सीमा सुरक्षासँग सम्बन्धित विविध विषयहरुमा प्रशिक्षार्थी अधिकृतहरुलाई जानकारी गराउनु भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत सिनियर अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!