०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

तल्लो दर्जाका प्रहरी कार्वाही पर्ने तर माथिल्लो दर्जाका प्रहरी कार्वाही नपर्नु किन?

Logo
प्रकाशित मंगलबार, फाल्गुण ३०, २०७९

 ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहका प्रहरी कारबाहीमा पर्ने तर माथिल्लो तहलाई केही नहुने प्रवृत्ति अझै रोकिएको छैन । विभिन्न कान्डमा परेका प्रहरीमाथि कारबाही प्रक्रिया रोकिदा अनियमितता गर्ने प्रहरीको मनोबल बढीरहेको छ ।

पश्चिम नवलपरासीमा रहँदा तस्करीको लाइन खुलाएको पुष्टि भएकोमा कारबाही सिफारिस भएका एसपी ऋषिराम कँडेलमाथि अझै कुनै निर्णय भएको छैन । कारबाही रोकाउन कँडेल दौडधुपमा लागेका छन् ।

यसअघि गाउँपालिकाका अध्यक्षसँग मिलेर दुई भारतीयलाई लागूऔषध मुद्दामा फसाएको घटनामा पनि उनीमाथि सामान्य मात्र कारबाही गरेर जोगाइएको थियो ।

त्यस्तै, बालाजु बसपार्कको आगजनी घटनामा बालाजु वृत्तका डिएसपी रविन बिष्टलाई तत्कालै हटाइएको थियो । छानबिन समितिले सोह्रखुट्टे वृत्तका डिएसपी गणेशबहादुर बममाथि पनि कारबाहीको सिफारिस भएको थियो । तर, डिएसपी बम भने जागिएका छन् ।

माओवादी नेताको सिफारिसमा सोह्रखुट्टे वृत्त गएको र अहिलेको माओवादीकै सरकार भएकाले उनको सरुवा भएको छैन । दुवैमाथि सामान्य विभागीय कारबाही गरेर उन्मुक्ति दिन पनि चलखेल भइरहेको छ । सो घटनामा काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले समयमा निर्देशन नदिदा ठूलो क्षती भएको थियो । पछि सशस्त्र प्रहरी घटनास्थलमा पुगेपछि ठूलो दुर्घटना रोकिएको थियो ।

त्यस्तै, ३५ तोला सुन लुकाएका डिएसपी ठगबहादुर केसीलाई पनि जोगाउने चलखेल भइरहेको छ । छानबिन समितिले आइतबार उनीमाथि कानूनी कारबाहीको सिफारिस गरेको छ । जसअनुसार उनीमाथि सुन चोरीकै मुद्दा चल्न सक्छ । तर, विभागीय कारबाही मात्र गराउन केसीले पावर लगाइरहेका छन् ।

त्यस्तै, जिप्रका सर्लाहीका एक इन्सपेक्टर आरोपीसँग मिलेको छानबिनमा पुष्टि भएपनि उनलाई सरुवा मात्र गरिएको छ । त्यस्तै, ललितपुरमा पनि लागूऔषध मुद्दामा निर्दाेषलाई फसाइएको घटनामा सातदोबाटो वृत्तका तत्कालिन डिएसपी मदन केसीमाथि छानबिन भइरहेको स्रोत बताउँछ दृष्टि ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!