ABC (क्राईमबिट)
बाँके । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज ल्याउँदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीको सामान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलीले गहुँबारीबाट ठूलो मात्रामा भन्सार छलीको सामान बरामद गरेको थियो ।
करिब तीन लाख मूल्य बराबरको भन्सार छली गरेर नेपालगन्ज भित्र्याउँदै गरेको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्तीले बताए ।
‘भारतबाट अवैधरुपमा भित्रिएको तीन लाख बराबरको सामान बरामद गरिएको हो । उनले भने, ‘बालेगाउँको गहुँबारीबाट सोमबार उक्त सामानहरु बरामद गरेका हौं ।’ नेपालगन्ज लिनको लागि भारतबाट ल्याएर बालेगाउँको गहुँबारीको राखेको अवस्थामा जुत्ताहरु प्रहरीले बरामद गरेको थियो ।
तस्करहरु भने प्रहरी टोलीलाई देखेपछि सामान छोडेर भारततर्फ नै भागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले बरामद गरेको जुत्ता चप्पल आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको डिएसपी घर्तीले जानकारी दिएका छन ।