०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

सशस्त्र र नेपाल प्रहरीको सेटिङमा बाँकेमा कुखुरा तस्करी व्यवसायीहरुले सडकमा कुखुरा फालेर बिरोध

Logo
प्रकाशित बिहिबार, चैत्र ०२, २०७९

ABC (क्राईमबिट) बाँके । नेपालगन्जको गणेशमान चोकमा बोइलर कुखुरा फालेर ब्यापारीहरु आन्दोलन गर्दै । उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए । उनका अनुसार आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बाँकेलाई पटकपटक ध्यानाकर्षण गराउंदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाइ छ ।

उनले भारतबाट भित्रिने अबैध कुखुराका कारण नेपाली किसान पीडित बनेको बताए । सशस्त्र र नेपाल प्रहरीको सेटिङमा तस्करहरुले भारतबाट ज्युँदै कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेका छ्न ।

जमुनाह साई गाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको किसानहरु गुनासो गर्छन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई लाइन दिने कार्य नरोकिदा सम्म नेपाली किसानले यसैगरी मार खेपिरहन पर्ने छ आफ्नो पिडा सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!