०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रधानमन्त्री दाहालले चैत १० गतेदेखि सरकारले पुर्णता पाउने बिश्वास

Logo
प्रकाशित शुक्रबार, चैत्र ०३, २०७९

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीनरचार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए ।

प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए ।

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको चारदिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’
प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!