
(नन्दराम खड्का)
रोल्पा । होलेरी बजार देशकै एक ऐतिहासिक स्थलको रुपमा चिनिन्छ।यो क्षेत्र पर्यटकीय दृष्टिकोण र धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण रहेको छ।देशमा तत्कालीन बिद्रोही पक्ष माओवादी २०५२ शाल फाल्गुम १ गते होलेरीमै रहेको प्रहरी चौकी आक्रमण गरि १० बर्षे जनयुद्धको शुरूवात गरेको थियो।द्वन्द सेलाएर शान्ति सम्झौ भएको आज १७ बर्ष पुरा भैसकेको छ।शान्ति सम्झौता मात्र भएन मुलुकको ब्यबस्थानै परिवर्तन भयो।देशमा गणतन्त्रको स्थापना भयो।धर्म निरपेक्षता र संघियता समेत आयो।सबैको देशको राजनीति,सिमा भिभाजन लगाएत नेताहरू सबैको मुहार फेरियो तर जनयुद्धको उद्गमस्थल रोल्पाको होलेरीको भने मुहार फेरिएन।निजि जमिन भएका स्थानियले बजारमा पक्कि घर बनाए भने बजारको मुटु समेत रहेको बाहिरी भाग जुर्नेटामा भने अधिकांश जमिन महेन्द्र माध्यामिक विद्यालय होलेरीको नाममा रहेकाले टिनका टहराहरु निर्माण गरिएको छ।उसो त होलेरी बजार जिल्लाकै एक मुख्य ब्यापारिक केन्द्र समेत हो।यस बाहेक रुन्टीगढी गाउँपालिकामा स्वर्गद्वारी प्रभु महाराजको जन्मस्थल रुन्टी,तपोभुमी गढीलेख जस्ता ऐतिहासिक सम्पदाहरु रहेको स्थल रहेकाले होलेरी पर्यटकिय हिसाबले बलियो संभावना रहेको बजार हो।विद्यालयको स्वामित्व भित्र रहेको जमिनमा स्थानिय सरकार समन्वय र सहकार्य गरि टहरा ब्यबस्थापन गरेर सुन्दर घरहरु निर्माण गर्दा बजार सुन्दर र आकर्षक बन्ने पक्का छ
।स्थानिय सरकारले यस्तो कदम चालेमा निर्माण गर्ने घरहरू लिजमा दिँदालगानी उठ्न धेरै सय नलाग्ने स्थानियहरु बताउँछन।यस अघि एमाले नेता बालाराम बुढाको नेतृत्वको स्थानिय सरकार हुँदा टहरा ब्यबस्थापनबारे कुरा उठेपनि पालिकाले कुनै ठोस कदम भने चाल्न सकेन।अहिले बजारमा स्थानियले आफुखुसी निर्माण गरेका टहराहरुले बजारको सुन्दरता ह्वात्तै घटाएको छ।बजार कुरुप जस्तै देखिन्छ।होलेरीबाटै युद्ध गर्नेहरु नेताहरूको जिबन ह्वात्तै परिवर्तन भैसकेको छ।बिस्थापित भएर राजनीति गर्नेहरू धेरैको जिबनपनि मालामाल बनिसकेको छ।तर देशकै महत्वपूर्ण स्थल होलेरी सधै नेताहरूले भजाएर राजनीति गर्ने थलो मात्र बनेको छ।होलेरी बजारलाई ब्यबस्थापन तथा बिस्तारमा राष्ट्रिय देखि स्थानीय राजनितीसमेत ध्यान पुगेको छैन।होलेरी ओझेलमा छ।अहिले स्थानीय सरकार रुन्टीगढी सरकारका प्रमुख काङ्ग्रेस नेता जनक पुन छन्।तर उनलेपनि यस बिषयमा चासो देखाएका छैनन्।उनि निर्वाचित बनेपछि अहिलेसम्मको बिजासको गतिले जनता सन्तुष्ट छैनन्।दलहरूको चुनावी एजेन्डामा होलेरी बजार ब्यवस्थापन,पर्यटन बिकास लगाएतका कुराहरु हरेक दलका उम्मेदवारका एजेन्डामा मुख्य बुदा हुन्छन्।बिडम्बना चुनाव जितिसकेपछि भने नेताहरूले सबै बिर्सन्छन।उनिहरुलाई ५ बर्षे कार्यकाल राजकीय शैलीमा हिडडुल गर्न समय अभाव हुन्छ।प्रतिनिधि सभा सदस्य इश्वरी घर्ती,राष्ट्रिय सभा सदस्य कुमार दशौदी अहिले यहीँ पालिकाका राजनितिज्ञ सांसद छन्।
उनीहरुको पनि होलेरी बिकासमा चासो र पहल देखिएको छैन।द्वन्दमा नराम्ररी चपेटामा परेका,कान फुट्ने गरि बम र बारुदको ध्वनि संगै दिनरात बिताएका यस क्षेत्रका स्थानियहरु होलेरीको मुहार नफेरिदा चिन्तित छन्।