०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

पर्वतमा १० महिनादेखि जग्गा कारोबार ठप्प हुँदा सेवा ग्राहीलाई सास्ती

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९


(ABC-Sanchar)
पर्वत । जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै ठप्प बनेका हुन् । कतिपय पालिकाले भूउपयोग कार्यान्वयन समिति गठन गरे पनि केही पालिकाले गठनसमेत गर्न सकिरहेका छैनन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशिका र परिपत्रबमोजिम स्थानीय तहहरुले वर्गीकरणको काम थालनी गर्न नसक्दा जग्गाको कारोबार हुन नसकेको हो । भूउपयोग ऐन २०७६ र नियमावली २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट, खरिद बिक्री गर्न पाउने व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

चितवन । भइरहेको *राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन* स्थलमा पानी जमेपछि आयोजकले मोटर प्रयोग गरेर पानी हटाउने काम गरिरहेको छ। मनसुन सक्रिय भएका बेला चितवनमा परेको वर्षाले मैदानमा पानी जमेको थियो। कार्यक्रममा सहभागी प्रतिनिधि र सर्वसाधारणलाई असहज नहोस् भनेर *पम्पिङ मोटर* चलाएर पानी निकाल्ने व्यवस्था मिलाइएको हो। रास्वपाको यो महाधिवेशन नारायणगढ क्षेत्रमा हुँदैछ। हजारौं […]

error: Content is protected !!