०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

पर्सा जिल्लाको बिरगंजमा पाइडल रिक्साको यात्रा रमणीय यात्रामा यात्रुहरु

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९


(ABC-Sanchar)
पर्सा । बिरगंज कुनैबेला देशका अधिकांश सहरमा छ्याप्छ्याप्ती देखिने तीन पाङ्ग्रे पाइडल रिक्सा अहिले विस्थापित हुने सँघारमा पुगेको छ । रोजगारीको अभावका बीच नगद कमाइको सहज माध्यम बनेको यो रिक्सा चलाउन पहिले ठुलै संख्यामा मानिस सहर आएर बस्थे र रिक्सा चलाएर आफ्नो र परिवारको गुजारा चलाउँथे । तर, पछिल्लो समय विद्युतीय रिक्साले पाइडल रिक्सालाई विस्थापित गर्दै आएको छ । वीरगञ्ज एउटा त्यस्तो सहर हो जहाँ अहिले पनि पाइडल रिक्साकै क्रेज छ । छोटो दुरीमा दुई जनासम्म यात्रा गर्न अहिले पनि यही रिक्सा प्रयोग हुने गरेको छ ।

बिहान ६ बजेदेखि राति करिब १० बजेसम्म रिक्सा चलाउने गरेको उनको भनाइ छ । कमाइका हिसाबले विद्युतीय रिक्सा र पाइडल रिक्सामा खासै भिन्नता नरहेको उनले बताए । उनले भने, ‘फरक यति छ कि उनीहरु (विद्युतीय रिक्सा चालक)लाई मेहनत अलि कम पर्छ र हामीलाई बढी ।’ व्यापारिक केन्द्र रहेको वीरगन्जमा व्यापार व्यवसाय गर्नेहरु तथा किनमेल गर्नेहरुको बाक्लो उपस्थिति हुन्छ । उनले भने, ‘सामान ओसारपसार पनि धेरै हुन्छ यहाँ । विद्युतीय रिक्साले रोडमै सामान झारिदिन्छ । तर हामीले ५ तलामाथिसम्म बोकेरै सामान लगिदिने गरेको हुँदा पाइडल रिक्साप्रतिको आकर्षण कम भएको छैन ।’

विदेशी पर्यटकहरुको रोजाईमा पनि पाइडल रिक्सा नै पर्ने गरेको उनले बताए । भारतको बिहार घर भइ करिब दुई दशकदेखि वीरगन्जमा रिक्सा चलाउँदै आएका जित साहको अनुभव पनि भगतकै जस्तो छ । उनी भन्छन्, ‘पाइडल रिक्सा गल्लीगल्लीमा पुग्छ, अरु रिक्सा सबै ठाउँमा जाँदैन । त्यसैले अटो रिक्सा आए पनि पाइडल रिक्साको भविष्यमा कुनै असर परेको छैन ।’

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठले पनि सबै ठाउँमा विद्युतीय रिक्सा नजाने भएकाले पाइडल रिक्सा वीरगन्जबाट विस्थापित नभएको बताए । उनले भने, ‘कतिलाई त एक्लै जानुपर्ने हुन्छ । तर, इलेक्ट्रिक रिक्सालाई ४÷५ जना नै चाहिन्छ । इलेक्ट्रिक रिक्सालाई घरमा बोलाउँदा आउँदैन । पाइडल रिक्सा घरमै आइपुग्छ । त्यस हिसाबले पनि सर्वसाधारणको रोजाइमा पाइडल रिक्सा पर्ने गरेको छ रातोपाटी।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

चितवन । भइरहेको *राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन* स्थलमा पानी जमेपछि आयोजकले मोटर प्रयोग गरेर पानी हटाउने काम गरिरहेको छ। मनसुन सक्रिय भएका बेला चितवनमा परेको वर्षाले मैदानमा पानी जमेको थियो। कार्यक्रममा सहभागी प्रतिनिधि र सर्वसाधारणलाई असहज नहोस् भनेर *पम्पिङ मोटर* चलाएर पानी निकाल्ने व्यवस्था मिलाइएको हो। रास्वपाको यो महाधिवेशन नारायणगढ क्षेत्रमा हुँदैछ। हजारौं […]

error: Content is protected !!