०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०८, २०७९

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतबाट १२ वर्ष कैद तथा १ लाख जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बाँसगढी नगरपालिका बस्ने अमरसिंह थारु रहेका छन् । उनलाई मंगलबार साँझ साढे ७ बजे लुकिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनलाई जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि बर्दिया कारागार कार्यालय पठाइएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन अहिले चितवनमा चलिरहेको छ। तर उद्घाटन हुनुपर्ने मुख्य स्थल गेस्ट चौर पानीले डुबानमा परेको छ। लगातारको वर्षा र जलनिकासको समस्या कारण गेस्ट चौरको मैदान जलमग्न बनेको हो। – महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा अचानक आएको पानीले पण्डाल, कुर्सी, साउन्ड सिस्टम सबै प्रभावित भएको छ। – आयोजकले वैकल्पिक […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

error: Content is protected !!