०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

बिरगंजमा चितुवाको आक्रमणबाट एक प्रहरी सहित ३ जना घाइते

Logo
प्रकाशित बुधबार, चैत्र ०८, २०७९

(रोशन कुमार निधि)
पर्सा । बिरगंज चितुवाको आक्रमणबाट बुधबार बिहान पर्साको पोखरियामा एक प्रहरीसहित तीन जना घाइते भएका छन्।

जंगलबाट गाउँमा पसेको चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका-४ सतवरिया टोलका बर्ष ३०का दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्रप्रसाद यादव घाइते भएको छ।

घाइतेमध्ये मियाँको अवस्था गम्भीर भएकोले उनलाई पोखरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि नारायणी अस्पताल पठाईएको छ।

तेली र प्रहरी जवान यादवको पोखरिया अस्पतालमै उपचार भइरहेको बताइन्छ।

बिहान जंगलबाट सतवरिया टोलमा पसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन अहिले चितवनमा चलिरहेको छ। तर उद्घाटन हुनुपर्ने मुख्य स्थल गेस्ट चौर पानीले डुबानमा परेको छ। लगातारको वर्षा र जलनिकासको समस्या कारण गेस्ट चौरको मैदान जलमग्न बनेको हो। – महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा अचानक आएको पानीले पण्डाल, कुर्सी, साउन्ड सिस्टम सबै प्रभावित भएको छ। – आयोजकले वैकल्पिक […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

error: Content is protected !!