१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

रातिदेखि मनसुन सक्रिय, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आषाढ ०६, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ ।

आइतबार देशका हिमाली र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा कोशी प्रदेशका तराई क्षेत्रमासमेत बादल लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आइतबार कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा समेत तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको छ ।

सोमबार पनि देशका हिमाली र पहाडी भूभागमा बदली कायम रहने तथा कोशी प्रदेशका तराई क्षेत्रमा समेत सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।

सो दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव कायमै रहने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत गर्मी बढ्न सक्ने विभागले जनाएको छ ।

विभागले वर्षाका कारण पहाडी क्षेत्रमा भू–क्षय, बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]

  दाङ । घोराही सिमेन्ट उद्योगमा कामबाट निकालिएका श्रमिकलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ। समितिले श्रमिकका माग सम्बोधन नगरे कडा सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले संघका उपाध्यक्ष मानबहादुर कुँवरलाई बिना गल्ती पूर्वाग्रही ढङ्गले निष्कासन गरिएको […]

  दाङ । उहाँ पत्रकार, साहित्यकार र *घोराही बनाऔँ अभियानका संयोजक* हुनुहुन्छ। पछिल्लो अन्तर्वार्तामा उहाँले आफैं भन्नुभएको छ – > “स्थानीय निर्वाचनमा उठ्छु भनेर पहिले नै घोषणा गरिसकेको छु।” तर अहिले पद भन्दा काम ठूलो हो। उहाँको अभियानका मुख्य कुरा *१. घोषणाभन्दा काममा जोड:* “घोषणा गरेर मात्र नागरिकको विश्वास प्राप्त हुँदैन। नागरिकका बीचमा गएर काम […]