०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रधानमन्त्री प्रचण्ड विरुद्ध विरोध गर्ने २ युवालाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालतको आदेश

Logo
प्रकाशित बुधबार, चैत्र ०८, २०७९

(ABC-Sanchar) काठमाडौँ । जिल्ला अदालत काठमाडौँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध विरोध प्रदर्शन गर्ने तीन जना युवालाई हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले उनीहरूलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्माविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको काठमाडौँ प्रहरीले जनाएको छ।

प्रहरीले मङ्गलवार उनीहरूलाई मुख थुनेर पक्राउ गरेको थियो । पक्राउ परेका तीन जना युवा महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन्।

अभद्र कसुर मुद्दामा अनुसन्धान गर्न भन्दै काठमाडौँ प्रहरीले अनुमति मागेको थियो।

उनीहरूलाई मुख थुनेर पक्राउ गरेको भन्दै अहिले सरकारको चौतर्फी रूपमा आलोचना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन अहिले चितवनमा चलिरहेको छ। तर उद्घाटन हुनुपर्ने मुख्य स्थल गेस्ट चौर पानीले डुबानमा परेको छ। लगातारको वर्षा र जलनिकासको समस्या कारण गेस्ट चौरको मैदान जलमग्न बनेको हो। – महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा अचानक आएको पानीले पण्डाल, कुर्सी, साउन्ड सिस्टम सबै प्रभावित भएको छ। – आयोजकले वैकल्पिक […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

error: Content is protected !!