२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रधानमन्त्री प्रचण्ड विरुद्ध विरोध गर्ने २ युवालाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालतको आदेश

Logo
प्रकाशित बुधबार, चैत्र ०८, २०७९

(ABC-Sanchar) काठमाडौँ । जिल्ला अदालत काठमाडौँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध विरोध प्रदर्शन गर्ने तीन जना युवालाई हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले उनीहरूलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्माविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको काठमाडौँ प्रहरीले जनाएको छ।

प्रहरीले मङ्गलवार उनीहरूलाई मुख थुनेर पक्राउ गरेको थियो । पक्राउ परेका तीन जना युवा महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन्।

अभद्र कसुर मुद्दामा अनुसन्धान गर्न भन्दै काठमाडौँ प्रहरीले अनुमति मागेको थियो।

उनीहरूलाई मुख थुनेर पक्राउ गरेको भन्दै अहिले सरकारको चौतर्फी रूपमा आलोचना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!