०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

नागरिकसँग मिलेर काम गर्न प्रहरीलाई निर्देशन : नयाँ प्रहरी निरिक्षक : सिंह

Logo
प्रकाशित बिहिबार, चैत्र ०९, २०७९

 (बिदुर एमसी)
दाङ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जवल बहादुर सिंहले नागरिकसँग मिलेर काम गर्न आफू मातहतका प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।
केहि दिन अघि प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग काठमाण्डौंबाटमा इलाका प्रहरी कार्यालय भालुवाङमा प्रमुखको रुपमा आएका प्रहरी निरिक्षक सिंहले बुधवार आफ्नै कार्यालयमा सञ्चारकर्मीहरु सँगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
पछिल्लो समय केहि उच्च पदमा रहेका प्रहरी तथा जवानबाट नागरिकहरुमा गरिने व्यवहारको आलोचना भइरहेका बेला प्रहरी निरिक्षक सिंहले भने आफुबाट नागरिकहरुलाई गरिने व्यवहारमा सुधार ल्याउने बताएका छन् । उच्च ओहोदाका व्यक्ति होस् या निम्न वर्गका व्यक्ति होस् म र मेरो संगठनले समान व्यवहार गर्ने उनले बचन वद्धता व्यक्त गरेका छन् । त्यस्तै उनले प्रहरीले गर्नुपर्ने कार्य कानुन बमोजिम गर्ने बताउँदै पत्रकारहरुले उठाएका समस्याहरुको सम्बोधन गर्ने बताएका छन् । कार्यक्रममा सहभागी पत्रकारहरुले राप्ती गाउँपालिका क्षेत्रमा बढ्दो लागु औषध, चोरी, काठ तस्करी, सडक दुर्घटना, राप्ती नदी दोहन लगायतका विषयमा जानकारी गराएका थिए । प्रहरीलाई मिडियामैत्री बन्न सुझाव समेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन अहिले चितवनमा चलिरहेको छ। तर उद्घाटन हुनुपर्ने मुख्य स्थल गेस्ट चौर पानीले डुबानमा परेको छ। लगातारको वर्षा र जलनिकासको समस्या कारण गेस्ट चौरको मैदान जलमग्न बनेको हो। – महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा अचानक आएको पानीले पण्डाल, कुर्सी, साउन्ड सिस्टम सबै प्रभावित भएको छ। – आयोजकले वैकल्पिक […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

error: Content is protected !!