०८ आषाढ २०८३, सोमबार
22-06-2026 , Mon
×

छोराको परीक्षा (एसइई) शुल्क तिर्न आमाको तिलहरी सुन पसलमा धितो

Logo
प्रकाशित शुक्रबार, चैत्र १७, २०७९

(ABC-Sanchar) काठमाडौं । भनिन्छ आमा महान् हुन् । कोहलपुर- २, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन् ।

कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छिन् । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन । अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ।’

शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन् । तर गाउँमा मान्छे मरेकाले उनले सोचेअनुसार हुन सकेन । उनले भनिन्, ‘गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन। खसी विक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ ।’

उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरका विद्यार्थी हुन् । एउटा छोरा नवीनबहादुरको स्वास्थ्य अवस्था कमजोर छ । कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि अर्का छोरा पृथीवहादुरले भने एसइई दिन पाउने भएका हुन् ।विद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेलाबेला खबर आउँथ्यो,’ उनले भनिन्, ‘तर के गर्नु गरिबीले गर्दा तिर्न सकेकी थिइनँ ।’ अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखेर शुल्क तिरेको उनले बताइन् नागरिक दैनिक ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । सोमबार उपमहानगरका शिक्षा अधिकृत जयराज जैशीले सूचना प्रकाशित गरी अत्यधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गरिएको जनाएका छन्। केही दिनदेखि धनगढीलगायत आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ। गर्मीका कारण असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयका बिदा दिइएको महानगरले जनाएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीमा समस्या देखिएपछि […]

नेपाल विकासशील राष्ट्र हो। आर्थिक, औद्योगिक, वैज्ञानिक तथा प्रविधिको क्षेत्रमा विश्वका विकसित राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न अझै धेरै समय, लगानी र मेहनत आवश्यक छ। अमेरिका, जापान, जर्मनी, बेलायत, फ्रान्स, दक्षिण कोरिया लगायतका विकसित देशहरूले दशकौँदेखि शिक्षा, प्रविधि, उद्योग र अनुसन्धानमा गरेको लगानीका कारण ती राष्ट्रहरू निरन्तर अगाडि बढिरहेका छन्। यस्तो अवस्थामा नेपालले छोटो समयमै ती राष्ट्रहरूलाई […]

चितवन । प्रधानमन्त्री बालेन शाह रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगेकाले उनको बस्ने रिसोर्टमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। *स्रोतका अनुसार गरिएको व्यवस्था:* – *पाहुनाको आवतजावत*: प्रधानमन्त्रीको बसाइ अवधिभर रिसोर्टमा सामान्य पाहुना/ग्राहकलाई रोक लगाइएको छ – *कर्मचारी*: अधिकांश कर्मचारीलाई बिदा दिइएको छ। सेवा सञ्चालनका लागि सीमित कर्मचारी मात्र खटाइएका छन् भिभिआइपी सुरक्षाको प्रोटोकल अनुसार प्रधानमन्त्री, […]

error: Content is protected !!