११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

नेपाल प्रहरीका आईजिपी दान बहादुर कार्की चितवन पुगेर सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०७, २०८३

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो

सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो

प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो

निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी र जनमुखी* बनाउन स्पष्ट निर्देशन दिनुभयो। “जनताको सुरक्षामा कुनै लापर्बाही नहोस्, सेवाग्राहीलाई सम्मानपूर्वक व्यवहार गरियोस्” भन्ने उहाँको जोड थियो

चितवन अहिले ठूलो राजनीतिक कार्यक्रमको केन्द्र बनेको छ। प्रधानमन्त्रीको रिसोर्टमा कडा सुरक्षा र महाधिवेशन स्थलमा पानी निकाल्ने काम भइरहेको बेला आइजिपीको भ्रमणले सुरक्षा चेनलाई अझ टाइट बनाएको छ।

रास्वपा महाधिवेशन २-३ दिन चल्ने भएकाले आइजिपीले समापनसम्म उच्च सतर्कता अपनाउन फिल्ड टिमलाई भनिसक्नुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।

  दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे […]